महेश बस्नेत, सर्वेन्द्र खनालविरूद्धको अपहरण सम्बन्धि निवेदन सरकारी वकिल कार्यालयमा दर्ता

महेश बस्नेत, सर्वेन्द्र खनालविरूद्धको अपहरण सम्बन्धि निवेदन सरकारी वकिल कार्यालयमा दर्ता

 आरोपीहरुलाई पक्राउ गर्ने बाटो खुल्योः त्रिपाठी

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

बैशाख २२ काठमाण्डौं । जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धि पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किशन श्रेष्ठ विरुको मुद्धा सरकारी वकिलको कार्यलयले आज दर्ता गरेको छ ।
यस अघि बैशाख १६ मा दर्ता गर्न जादा केही समय अध्ययन गर्ने भन्दै उक्त निवेदन सरकारी वकिलको कार्यलयले दर्ता नगरी अध्ययन गर्न समय मागेको थियो । तर आज उक्त निवेदन दर्ता गरेको हो ।
बैशाख १४ गते टेकु प्रहरीले उक्त निवेदन लिन मानेको थिएन ।
डा. यादवले आफूलाई महोत्तरीबाट अपहरण गरेर काठमाण्डौं ल्याएको जिकिर गर्दै बस्नेत, खनाल र श्रेष्ठ विरद्ध निवेदनमा लेखेका छन् ।
जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौं गए पनि प्रहरीले जाहेरी नलिए पछि उनीहरु सरकारी वकिल कार्यलय गएका हुन् ।
सरकारी वकिलले शुरुमा दर्ता नगरे पछि सांसद यादवले यो उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा पनि दिएका छन् ।
यो निवेदन दर्ता भए पछि अनुसन्धानको प्रकृया अघि बढाउनु पर्ने र आरोपितहरुलाई प्रहरीले नियन्त्रणमा लिन बाटो खुलेको डा. सुरेन्द्र यादवका कानुन व्यवशायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मिर्मिरेलाई बताए ।

सरकारी वकिल कार्यलयका सहायक जिल्ला न्यायधीवक्ता तथा सूचना अधिकारी नुमराज खनालले यो निवदेन रित पुर्वक आए नआएको हेरेर छिट्टै प्रहरीलाई अनुसन्धानको लागि पठाईने मिर्मिरेलाई जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ