काठमाण्डौ बैशाख २३ । कोरोना नियन्त्रण भईनसकेको बरु थप नेपालगञ्जमा ह्वात्तै वृद्धि भए पछि २५ गतेदेखि सकिन लागेको लकडाउनको निरन्तरता दिने वा कस्तो मोडालीटी अपनाउने भन्ने बारेमा सिफारीस गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसीरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा लकडाउन खुकुलो भएको पछिल्लो समय देखिएको संक्रमण र जोखिम न्युनीकरण गर्ने, कम प्रभावित क्षेत्रमा केही खुकुलो पारेर निरन्तरता दिने या कसरी अघि बढ्ने भन्ने सन्दर्भमा समितिले सुझाव सहित सिफारीस गर्ने एक सदस्यले बताए ।
४२ दिन देखि नेपालमा लकडाउन जारी छ ।
बागमति प्रदेश सहित कतिपय क्षेत्रबाट लकडाउन केही क्षेत्रमा खुकुलो पारेर विकास निर्माण र आर्थिक गतिविधि अघि बढाउन सुझाव प्राप्त भएको बुझिएको छ ।
खासगरी नेपालगञ्जमा एकैदिन १५ जनाका कोरोना पुष्टि भएपछि समुदायस्तरमा संक्रमण बढ्ने आकलन गरिएको छ ।
समितिले आज गर्ने सुझाव सहितको सिफारीसका आधारमा लकडाउन र मोडालीटीबारे भोली मन्त्रीपरिषद्को बैठकले निर्णय गर्नेछ ।
यस अघि आईतबारको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन र सिमानाका थप कडा पार्न निर्देशन दिएका थिए ।
कोरोना नियन्त्रणका लागि लकडाउन एक मात्र विकल्पको रुपमा विश्वका धेरै देशमा लागू गरिएकोछ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । भने १६ जना निको भएका छन् ।