वडा नं. १७ की वडाध्यक्ष यादव माथि हातपात प्रयास, दोषी उपर कारवाहीको माग

वडा नं. १७ की वडाध्यक्ष यादव माथि हातपात प्रयास, दोषी उपर कारवाहीको माग

  • आइतवार, बैशाख २१, २०७७
  • दिपक चौरसिया

  • 9.3K
    SHARES

पर्सा २१ बैशाख ।
वीरगंज महानगरपालिका वडा नं. १७ अलौंकी वडा अध्यक्ष सुखरानी देवी यादवले आफु र वडा सदस्यहरुमाथि सर्वदलिय समिति सदस्यहरुले दुव्र्यवहार एवं गालीगलौज गरेको आरोप लगाएकी छिन् ।
वडा नं. १७ छुट्टै सर्वदलिय समिति गठन गरेर आ—आफनो मनोमानी तरिकाले राहत वितण गरी विवाद गर्न खोजिएको आज वडा समितिमै पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आरोप लगाएकी छिन् । वडा समितिलाई नसमेटेर आ—आफनो मनोमानी तरिकाले सर्वदलिय समितिले अलौंको पानीटंकी टोलमा वितरण गरेको राहतमा कुहिएको चामल भेटिएपछि स्थानियले वडा समितिमा आएर गुनासो गरेका थिए ।
जनताको गुनासो सुनेर राहत वितरण गरिएको प्रहरी सहितको टोलमा सोधपुछ गर्न जाँदा अनावश्यक विवाद गर्दै आफूमाथि सर्वदलिय समितिका सदस्यहरुले गाली गलौज गर्दै दुव्यर्वहार गरेको अध्यक्ष यादवले आरोप लगाईन । विवाद भएपछि राहत वितरणमा भेटिएको कुहिएको चामल प्रहरीले परिक्षणको लागि लगेको छ । सरकारले नै एकद्धार प्रमाणलीबाट राहत वितरण गर्नुपर्ने निति नै लागु गरेको छ । तर यहाँका आफूलाई अगुवा बताउँने केहि पार्टीका नेताहरुले आफनो राजनितिक वर्चस्व बनाउनको लागि राहत वितरणमा मनोमानी गर्न खोजेको उनले बताईन ।
वडा समितिले हाल सम्म करिब ८ सय जना गरिब, अतिविपन्न परिवारलाई निश्पक्ष रुपमा राहत वितरण गरेको जनाएको छ । सर्वदलिय समितिमा रहेको संजु क्षतकुली, कृष्णदेव यादव, कनवर मंसुरी, हरीनायाराण प्रसाद यादव, प्रदीप साह र हरेन्द्र यादव लगायतले गाली गलौज गर्दै आफूमाथि हातपातको प्रयास समेत गरेको हुनाले यिनिहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको माग समेत वडा समिति कार्यालयले गरेको छ ।
आफु र वडा सदस्यहरुमाथि दुव्र्यवहार एवं गालीगलौज गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न सोमवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी समेत गरेको वडा अध्यक्ष यादवले बताईन । सो पत्रकार सम्मेलनमा वडा सदस्य ताहिर हुसैन, भागमती देवी राम, वडा अध्यक्षका पति विरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ