बैशाख २१ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लकडाउनकै कारण कोरोना नियन्त्रण गर्न सफल भएको भन्दै यसलाई अझै कडा पार्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
आज बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सिमानाबाट एक जनालाई पनि नेपाल भित्र र बाहिर आउन जान नदिन गृहमन्त्रीलाई निर्देशन दिए ।
त्यसै गरी एक ठाँउबाट अर्को ठाँउमा जान आउन पनि कडा गर्न निदेृशन दिएको स्रोतले बतायो ।
लकडाउन भएको ४१ दिन पुग्दा प्रधानमन्त्रीले अझ कडा पार्ने निर्देशन दिएका हुन् । २५ गते सरकारले गरेको लकडाउन सकिदैछ । यस बिषयमा आउदो मंगलबार थप निर्णय हुने बताईएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ भने १६ जना निको भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline