राष्ट्रपतिबाट दुबै सदनको बैठक आव्हान

राष्ट्रपतिबाट दुबै सदनको बैठक आव्हान

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको थियो ।
राष्ट्रपतिबाट संसदको आव्हान भए पछि ससदका नियमित बैठक शुरु हुनेछन् ।
त्यस पछि जेष्ठ १५ गते संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्रीले बजेट पेश गर्नेछन् । त्यस अघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
सामाजिक दुरी कायम गरेर बैठक बस्ने तयारी भएको संसद सचिवालय श्रोतले जनाएको छ ।
२५ गते लकडाउन सकिने भएकाले २६ गते ससदको बैठक बोलाईएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ