विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार असुरक्षा बढ्दो

विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार असुरक्षा बढ्दो

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

काठमाडौं बेशाख २१ । आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
यस पटक लकडाउनका कारण कुनै औपचारीक ठूला कार्यक्रम भने भएका छैनन् ।

यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् ।

रिपोर्टर विदाउट बोर्डरले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२औं स्थानमा रहेको देखाएको छ ।

गत वर्ष नेपाल १०६औँ स्थानमा थियो । दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ ।

नेपाल पत्रकार महासङ्घले राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको जनाएको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा परीरहेको पत्रकार महासंघ लगायतका संघ संस्थाको दाबी छ ।
पछिल्लो समय कतिपय पत्रकारहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत समेत पक्राउ गर्ने गरिएकोमा विरोध हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ