वामदेवलाई प्रतिनिधिसभाको उम्मेद्धार बनाउने नेकपाको निर्णय, २५ गते स्थायी समितिको बैठक बस्ने

वामदेवलाई प्रतिनिधिसभाको उम्मेद्धार बनाउने नेकपाको निर्णय, २५ गते स्थायी समितिको बैठक बस्ने

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बैशाख २० काठमाण्डौं । पेचिलो आन्तरीक विवादमा फसेको नेकपाले अन्ततः स्थायी समितिको बैठक बोलाउने र बामदेव गौतमलाई प्रतिनिधि सभाको उम्मेद्धार बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा आज साझँ बसेको बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेद्धार बनाउने निर्णय गरेको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
उपयुक्त समय कहिले हो , कसरी हुन्छ भन्ने बारेमा श्रेष्ठले केही खुलाउनु भएन ।
स्रोतका अनुसार संघीय ससदका नेकपाका कुनै एक सांसदलाई राजीनामा गराएर गौतमलाई उम्मेद्धार बनाई अर्को उपनिर्वाचन गराउने रणनीति नेकपाले बनाएको छ ।
यस अघि भएको उपनिर्वाचनमा रबीन्द्र अधिकारीको निधनपछि रिक्त स्थानमा उठाउने हल्ला चले पनि पछि उठाईएको थिएन ।
त्यसै गरी कहिले डोल्पाका सांसदलाई राजीनामा गराउने र कहिले काठमाण्डौंका रामबीर मानन्धरलाई राजीनामा गराएर उम्मेद्धार बनाउने चर्चा चले पनि चौतर्फी आलोचना पछि त्यो निर्णय र कार्यन्वयन भएको थिएन ।
वामदेव गौतमलाई प्रधानमन्त्रीले प्रस्ताव राखे बमोजिम अब प्रधानमन्त्री बनाउने ढोका खोल्न उम्मेद्धार बनाउने निर्णय भएको हुन सक्ने बताईएको छ ।
राष्ट्रिय सभामा लैजाने यस अघिको निर्णय उल्ट्याउदै पछिल्लो यो निर्णय भएको हो ।
साथै आजको बैठकमा पार्टी भित्र छलफल नगरी अघि बढेको, अध्यादेश ल्याएको जस्ता बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।
यसै गरी २० जना स्थायी समिति सदस्यले लिखित रुपमा बैठकको माग गरेको सन्दर्भमा आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय पनि सचिवालयले गरेको छ ।
योसगैँ तत्कालका लागि नेकपा भित्रको अन्तरविरोध मत्थर हुने देखिएको छ ।
यस अघि प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आए पनि आज नयाँ निर्णयमा सहमत भएको बुझिएको छ ।
यसै गरी पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्दै एक ढिक्का बनाएर लैजान समेत नेताहरु तयार भएको प्रवक्ता श्रेष्ठले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ