यी प्रश्नको जवाफ दिनुहोस् प्रिय शीर्ष नेतागण ज्यु ? नेकपाका शीर्ष नेतालाई आफ्नै कार्यकर्ता विष्टका प्रश्नहरु

यी प्रश्नको जवाफ दिनुहोस् प्रिय शीर्ष नेतागण ज्यु ? नेकपाका शीर्ष नेतालाई आफ्नै कार्यकर्ता विष्टका प्रश्नहरु

  • शनिबार, बैशाख २०, २०७७
  • -उमेश बिष्ट

  • 7.8K
    SHARES

अब प्रचण्ड वा माधव कमरेड जसले नेतृत्व गरेपनि यो पार्टीलाई त्यही उचाइ दिलाउन सक्नु हुने छ कि छैन भनेर महाधिवेशनको हलमा कार्यकर्ताहरुले सोध्नै नपाई, अर्काे आम निर्वाचनमा जनताहरुले सोध्नै नपाई तपाईहरुलाई आजै अध्यक्ष र प्रधानमन्त्री पद चाहिएको कृतघ्न लिँडेढिपि देख्दा त ‘दालमे कुछ काला है’ भन्ने आशंकालाई बल दिएको छैन र ?

तपाईहरुको लोकतन्त्र कस्तो तन्त्र हो ? दक्षिणपन्थी राजामहाराजहरुको जस्तो ? कमल थापाको पार्टीमा पनि तपाईहरुले बसाल्न खोजेको प्रथा सायद आजका दिनमा स्वीकार्य हुँदैन भने राजतन्त्र समेत निर्मूल पार्ने नेतृत्व गरेको आजको युवा पुस्ता तपाईहरुको यो अराजकता देखेर खुशी हुन्छौं कि दुखी हुन्छौं होला ?

आजका दिनमा– यदि जनताको बहुदलीय जनवादले भने अनुसार पनि– तपाईहरु त सर्वहारा श्रमजीवी नेपाली जनताको धेरै भन्दा धेरै कल्याण कसरी गर्न सकिन्छ, सरकार अझै लोकप्रिय बनाएर अझै नयाँ उचाइ कसरी दिन सकिन्छ, प्रतिस्पर्धाबाट श्रेष्ठताको दौडमा कसरी दशकौंसम्म आउने पुस्ताहरुले समेत गर्व गर्नलायक विचार र उत्कृष्ट प्रयोगहरु गर्न सकिन्छ भनेर पार्टी, जनसंगठन र मुलुक हाँक्नु पर्ने हैन र तपाईहरुले ?

तर, दुखका साथ भन्नु पर्छ तपाईहरुले गरेको छद्म युद्ध कोहीद्वारा प्रेरित त छ नै र, बार्गेनिङका तपाईहरुका शैली हेर्दा कुत्ताहरुले गरेको हड्डी युद्धभन्दा फरक पनि देखिन सकेको छैन !

अब हामी जस्ता युवाहरु, जो आसन्न केही महिनामै खाडी छाडेर नेपालमै फर्कनु पर्ने सँघारमा छौं, त्यो दश लाख युवाहरुलाई आवश्यक रोजगार दिन सकिएन, व्यवस्थापन गर्न सकिएन भने तपाईहरुले दुई–अढाइ वर्षमा भागबण्डा गर्दै चलाएको सत्तारुपी स्वर्गमाथि ती युवाहरुले राँको झोस्ने छैनन् ?

के सोच्नु भएको छ ?

राजा महेन्द्रले चिताएको तर आफ्नो वंशभरि राजतन्त्रले पनि फत्ते गर्न नसकेको चीन नेपाल पारवाहन सम्झौता र भारतसँग १९५० को सन्धि पुनरावलोकनका लागि लिएको कदम नेपाली जनताका भावी सन्तालने गुनगान गाएर नसिकने योगदान हैन र ? के त्यही कुरा तपाईहरुलाई पनि नपचेको हो ?

ठिक छ ओलीले अध्यादेश ल्याएर ब्लन्डर गरे, फिर्ता भएपछि, उनकै शब्दमा भन्नुपर्दा– ‘तपाईहरु फिर्ता गर भन्नुहुन्छ भने फिर्ता लिन्छु’ भनी फिर्ता लिइसकेको अवस्थामा उनले माफी पनि नपाउने भन्ने पनि हुन्छ र ?

माफी पनि कसैले पाउँदैन भने बृहत् शान्ति सम्झौता र आम माफीका सिद्धान्तका पानाहरुलाई आजै आगो लगाइदिए भैहाल्यो नि ?

पार्टी एकताका तमाम कार्यभार पुरा गरेर अबको विचार के हुने, संगठन कस्तो हुने भन्नेमा तपाईहरु चिन्तित हुन भएको त देखिदैन ? बरु ओली, सरकारको नेतृत्व गरेर मुलुकलाई कसरी आत्मनिर्भर अर्थतन्त्र भएको स्वाभिमान नेपाल बनाउन सकिन्छ भनेर यो जीर्ण शरीर बोकेर लडिबडि गरिरहेका छैनन् र ?

तपाईहरुको बलबुद्धि कुबुद्धि लागेर घरभित्रै लडाइँ र झगडातिर लागिरहेको देखिन्छ भने बरु वृद्ध प्रधानमन्त्री ओली भने ट्वाउँ ट्वाउँ कराए पनि मुलुकप्रति बढी चिन्तित देखिन्छन् । तपाईहरु भन्दा हरेक मानेमा उनी देशभक्त र देशप्रति चिन्तित सिद्ध भएका छन् ।

के यही भएर तपाईहरुलाई निदहराम भएको हो ?

राजा महेन्द्रले चिताएको तर आफ्नो वंशभरि राजतन्त्रले पनि फत्ते गर्न नसकेको चीन नेपाल पारवाहन सम्झौता र भारतसँग १९५० को सन्धि पुनरावलोकनका लागि लिएको कदम नेपाली जनताका भावी सन्तालने गुनगान गाएर नसिकने योगदान हैन र ?

के त्यही कुरा तपाईहरुलाई पनि नपचेको हो ?

त्यसैले प्रिय शीर्ष नेतागण, हामी धेरै शब्द बोलेर यहाँहरुलाई लज्जित गारउने पक्षमा छैनौं । तर, हामी र भोलीका हाम्रा सन्ततिहरुले यस्तो उचाइमा रफ्तारमा काम गरिरहेको सरकार ढालेको भनेर तपाईहरुको मुखका कालो पोतिएको मुहारको तस्वीर घर भित्र राखेर माक्र्स, एङ्गेल्स, पुष्पलाल र मदन–मनमोहनको तस्वीरलाई जसरी फूलमाला चढाउन सक्लान् र ?

-उमेश बिष्ट , राष्ट्रिय युवा संघ नेपाल बझाङ सदस्य

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ