२१ नेपालीलाई भारतै फर्काउन प्रसासनको दबाब, मानव अधिकारवादी संस्था थर्ड एलायन्सद्धारा विरोध

२१ नेपालीलाई भारतै फर्काउन प्रसासनको दबाब, मानव अधिकारवादी संस्था थर्ड एलायन्सद्धारा विरोध

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 23K
    SHARES

बाँके २० बैशाख । भारत श्रावस्ती क्वारेन्टाइनमा रहेका नेपालीहरुले भारतिय प्रहरीबाट कुटाइ खाएपछि लुकि छिपी नेपालस्थित नरायनापुर नाका हुँदै नेपाल पसेका छन् । शुक्रबार राती नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक साहले यसरी एक दुई गर्दै भागेर नेपाल प्रवेश गरेका २१ जनालाई आदर्श स्कुल स्थित क्वारेन्टाइनमा राखिएको बताउनु भयो ।
अध्यक्ष साहका अनुसार यसरी भागेर नेपाल प्रवेश गरेका पीडितहरुलाइ बाँके प्रशासनले भारत नै फर्काउन दबाब दिएको जनाउनु भएको छ । भारत श्राबस्तिको क्वारेन्टाइनमा बस्दै आएका पीडितहरुले चरम यातना पाएपछि भागेर नेपाल छिर्न बाध्य भएको बताएका छन् भने प्रहरीले सो पीडितहरुलाइ उतै फर्काउन अध्यक्ष साहलाइ दबाब दिइरहेको कुरा गुडन्युज खबर संग अध्यक्ष साहले दोहोर्‍याउनु भयो ।
यतिखेर सो आदर्श स्कुल क्वारेन्टाइनमा राखिएका नेपाली नागरिकहरुलाइ भारत फर्काउने तयारी भैरहेको स्रोतले जनाएको छ । आफ्नो घर पुगेका नागरिकलाई भारत तिरै फर्काउने हो या घरमै व्यवस्थापन गर्ने हो, चुनौतीको बिषय बनेको छ ।
२१ जना क्वारेन्टाइनमा बसेका पीडितलाइ प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले पहिला उतै फर्काउ अनि फिर्ता ल्याउन सकिन्छ भन्दै दबाब दिएको अध्यक्ष साहले पुनः थप्नु भयो । २१ जना नेपाली नागरीक भने भारत फर्किन मानिरहेका छैनन् ।
यस्तो गम्भीर बिषयमा बाँके प्रशासन बेखबर छ भने प्रजिअ खड्कालाई घण्टौ फोन मार्दा पनि फोन उठाउनु हुन्न । भने उता जिल्ला प्रहरी बाँकेका एसपी बिर बहादुर ओलिले भने यो बिषयमा आफूला जानकारी नभएको बताउनु भयो ।
यता मानब अधिकारवादी संस्था थर्ड एलायन्स प्रमुख आलम खानले नेपाल प्रवेश गरिसकेका नेपालीहरुलाई पुन भारत पठाउनु गलत भएको बताउदै नेपाल कै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन अपिल गर्नु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगलाई समेत यस बिषयमा गम्भीर बन्न आग्रह गर्नु भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ