बालुवाटारमा नेकपा सचिवालय बैठक, ओली र प्रचण्डकाे कुर्सी सँगै

बालुवाटारमा नेकपा सचिवालय बैठक, ओली र प्रचण्डकाे कुर्सी सँगै

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौं, २० वैशाख ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकाे सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। दुइ अध्यादेशपछि उत्पन्न पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ शनिबार सचिवालय सुरु भएको हो।

बालुवाटारमा सुरू बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी सँगै समानान्तर रूपमा राखिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अन्य सचिवालयसँगै राखिदै आएकाेमा शनिवारकाे बैठकमा प्रचण्डको कुर्सी ओलीसँगै राखिएको छ।

यसअघि वैशाख १८ गते बसेकेा बैठकमा प्रधानमन्त्रीले बामदेव गौतमलाई कोरोना पछि प्रधानमन्त्री बनाउने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने भनेर राखेको प्रस्तावबारे आजकाे बैठकमा छलफल हुने र  नेताहरू प्रचण्ड र माधव नेपालले यसको जवाफ दिन आन्तरीक रणनीति तय गरेको बुझिएको छ ।

बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन्। बैठकअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए।

नेतासँगको भेटपछि बैठक अघि प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। यस्तै कोटेस्वरमा शुक्रवार प्रचण्ड र नेपाल पक्षका केही नेताको छलफल भएको थियो । त्यसै गरी प्रचण्ड निवास खुमलटारमा पनि पूर्व माओवादी समुहका नेताहरुले अलग्गै छलफल गरेका थिए ।
यो रणनीतिमा बरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहमत छन् ।
शुरुमा प्रधानमन्त्रीको राजीनामा मागेको यो पक्षले प्रधानमन्त्रीकै प्रस्ताव अनुसार वामदेव गौतमलाई नै प्रधानमन्त्री बनाउने हो भने पनि राजीनामाको मिति तोकेर लिखित माइन्युट गर्न आज दवाव दिने तयारी भएको एक नेताले दावी गरे ।
सांसद नै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउछु भनेर प्रधानमन्त्रीले फ्याकेको कार्ड पार्टी भित्र अन्तरविरोध बढाउने खालको भएको स्थायी समिति सदस्य युवराज ज्ञवालीले बताएका छन् ।
आफैले राजीनामा दिन्छु भनेकाले अब त्यसको मिति तोकेर माइन्युट गराउने पक्षमा नेताहरु जुटेका छन् ।

साथै स्थायी समितिको बैठकको मिति पनि आजको बैठकले तोक्नु पर्ने पक्षमा नेताहरु रहेका छन् ।
प्रचण्ड र माधव नेपालले राजीनामा दिन माग गरे लगत्तै प्रधानमन्त्री ओलीले कोरोनापछि राजीनामा दिने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।
यद्यपि, नेपालले भने आफू तेस्रो अध्यक्ष नहुने स्पष्ट गरीसकेका छन् । उनले शुक्रबार बालुवाटारमै प्रधानमन्त्रीलाई भेटेर यस्तो प्रस्ताव अस्वीकार गरेको दिउसो कोटेस्वरमा भएको भेलामा नेताहरुलाई बिफ्रग गरेका थिए ।
प्रचण्ड र माधव नेपाल र झलनाथ खनाल र वामदेव गौतम एकै ठाँउमा उभिदा प्रधानमन्त्री ओली अल्पमतमा पर्ने देखे पछि सांसद फकाउने हस्ताक्षर गराउने कार्यमा लागेको आरोप केही नेताहरुले प्रधानमन्त्री माथि लगाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ