सचिवालयको बैठक अघि बामदेवसगँ छलफलमा प्रधानमन्त्री , आजको बैठक मा के के होला ?

सचिवालयको बैठक अघि बामदेवसगँ छलफलमा प्रधानमन्त्री , आजको बैठक मा के के होला ?

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बैशाख २० काठमाडौँ । आज ४ बजेका लागि बोलाईएको सचिवालयको बैठक केही समय स्थगित गरेर प्रधानमन्त्री केपी ओलीलले नेता वामदेव गौतमसँ छलफल गरीरहेका छन् । प्रधानमन्त्रीले आफूले कोरोना पछि राजीनामा दिने र त्यस पछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे पछि गौतमले लिखित निर्णय हुनु पर्ने माग गरेका थिए । बैठक साढे ५ बजेका लागि सारिएको छ ।
सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरिरहेका छन् । सचिवालय बैठक साढे ५ बजेका लागि सारेर उनी गौतमसँग छलफलमा लागेका हुन् ।

प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । यसअघिको सचिवालय बैठकमा कोरोनाको उन्मुलन भएपछि आफूले राजीनामा गरेर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले राखेका थिए । पार्टीभित्र विवाद बढ्दै गएपछि ओलीले प्रधानमन्त्रीमा गौतम र पार्टीको तेस्रो अध्यक्षमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए । नेता नेपालले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ