लकडाउनको मौका छोपी कञ्चनपुरका भूमाफिया सलबलाउँदै वन र सार्वजनिक भूमि अतिक्रमण गर्दै !

लकडाउनको मौका छोपी कञ्चनपुरका भूमाफिया सलबलाउँदै वन र सार्वजनिक भूमि अतिक्रमण गर्दै !

  • शनिबार, बैशाख २०, २०७७
  • डम्मर राज भट्ट

  • 10.1K
    SHARES

कन्चनपुर बैशाख, २० ।  चीनको बुहान शहरबाट देखिएको नोभल कोराना भाईरस कोडिभ–१९ को विश्वभरी आतङ्क चलिरहेको छ । नागरिकको सुरक्षाका लागि सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि ३८ दिनदेखि लकडान गरेको छ । लकडाउन घरबाट अति अत्यावश्यक कामकाज बाहेक बाहिन ननिस्किनु हो । तर त्यही लकडाउनको मौकाछोपी केही भूमाफियाको समुहले सार्वजनिक स्थल र वनको जमिनमा नगर पु¥याएका छन् । भूमाफियाले कञ्चनपुरको वन र सार्वजनिक जमिन कब्जा गर्नका लागि खनजोत गरिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४बैलकुण्डी शिबिर क्षेत्रमा रहेको वनको जमिनमा खनजोत गरेका छन् । तीनदिनदेखि परेको अबिरल पानीकै समयमा भूमाफियाले जमिन कब्जा गर्ने नियतले खनजोत गरेका छन् ।
चैतमा गहुबाली भित्र्राएर किसान असारेखेतिका लागि बाँझा खेत जोतेजस्तै भूमाफियाले पनि ग्रामीण चुरे भेगको बैलकुण्डी बस्ती क्षेत्रमा पर्ने वनको जमिनमा खनजोत गरेको हो । डिभिजन वन कार्यालयका अनुसार उक्त वन क्षेत्रमा गोरु मार्फत झण्डै ५ विगाह जमिन खनजोत गरिएको छ । लकडाउनका बेला वन र वन्यजन्तुमाथि शिकारी तस्करले वनक्षेत्रमा चोरी गर्न थालेपछि डिभिजन वन कार्यालय कञ्चनपुरको संयुक्त टोलीले वनमा गरेको अनुगमनका क्रममा उक्त क्षेत्रमा खनजोत गरेको पाईएको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले अनुगमनका क्रममा बैलकुण्डी क्षेत्रमा वनको जमिन अतिक्रमण गर्ने नियतले खनजोत गरेको बताए ।‘यो खनजोत हालै गरिएको छ, ‘उनले भने, ‘अहिले खेति पछि कब्जा गर्ने नियतले खनजोत गरेको पाईयो ।’ खनजोत गरेको क्षेत्रमा वनले तारबार लगाउने उनले बताए । खनजोत गर्ने व्यक्ति समुहको खोजिकार्य भईरहेको प्रवक्ता अवस्थीले बताए । कृष्णपुर नगरपालिका क्षेत्रको वन तथा वनमा चोरी तस्करी शिकारीका साथै वन र सार्वजनिक जमिन अतिक्रमण हुन थालेपछि संरक्षणर्मी समेत चिन्तित भएका छन् । गत विगतका बर्षहरुमा पनि सुकुमबासीको नाममा हुने वन अतिक्रमण नियन्त्रण गरिएको प्रवक्ता अवस्थीले बताए ।
संरक्षणकर्मीले कृष्णपुर नगरपालिका क्षेत्रका जिम्मेबारी निकायबाटै चोरी, तस्करी, अतिक्रमणका घटना भईरहेको चिन्ता व्यक्त गरेका छन् । हरियाली सामुदायिक वनका पुर्व अध्यक्ष एव कृष्णपुरका स्थानीय अगुवा दिल बहादुर देउवाले कृष्णपुर क्षेत्रको वन, वन्यजन्तु र सार्वजनिक जमिन अतिक्रमणको चपेटामा परेको बताए ।


उनले आफु हरियाली वनको नेतृत्वमा हुँदा समेत बैलकुण्डी क्षेत्रमा अतिक्रमण हुँदा रोकथामका लागि अथाह प्रयास गरेपनि सफल हुन नसकेको बताए ।‘अ अध्यक्ष थिए, त्यहाँबाट खेतखनजोत गरेको खबर आउँथे, ‘उनले भने, ‘हामी त्यहाँ नपुग्दै अतिक्रमणकारी भागिहाल्थे ।’ उनले जिम्मेबारी निकायकै मिलोमतो र सहयोगमा कृष्णपुरमा वन, वन्यजन्तु र सार्वजनिक जमिन अतिक्रमणका काम भईरहेको दावि गरे । को जिम्मेबारी निकाय जस्तै वन, सामुदायिक वन, नगरपालिका, लगायत बारे उनको मुख खोलेनन् । वन, वन्यजन्तु र अतिक्रमणकारी बिरुद्ध सरोकारवाला एकजुटको विकल्प नभएको उनको भनाई थियो । केही समय अघि कृष्णपुर नगरपालिका क्षेत्रबाट वनचोरी तस्करी गर्न हिडेका कैलाली गोदाबरी नगरपालिका ११ का स्थानीय मोहन साउद बन्दुक सहित पक्राउ परेका थिए । उनी बिरुद्ध कञ्चनपुर प्रहरीले मुदा चलाएको थियो । कृष्णपुर नगरपालिका क्षेत्रको लालझाडी वनबाट वनको टोलीले काठ सहित पाँच बयलगाडा समेत बरामद गरेको थियो ।


स्थानीयले समेत वन, वन्यन्तु र अतिक्रमणकारी पहिचान हुँदा पनि कार्बाही नहुँदा थप प्रसय पाउने भएकाले कृष्णपुर नगरपालिका क्षेत्रमा प्रकृतिमाथि दोहन भईरहेको चिन्ता व्यक्त गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले भने लकडाउनका बेला वन्यजन्तु, वन तस्करी र सार्वजनिक, वनको जमिन अतिक्रमण बिरुद्ध अप्रेसन चलाएको जनाएको छ । जिल्लाभरी वनका कर्मचारी, संरक्षणकर्मी र स्थानीय सुरक्षा निकायसंग समन्वय गरेर वन क्षेत्रको उच्च सुरक्षा गरेको दावि गरेको छ । सिङ्खो मानव समुदाय कोरोना कहरबाट आक्र्रान्त भईरहेका बेला प्रकृतिमाथि गिद्दे नजर लगाउने जो कोहीलाई पनि कार्बाही गर्न स्थानीयले वनसंग माग अघि सारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ