बैशाख २० काठमाण्डौं । काठमाडौँ बैशाख २० । लामो समय सम्म एमालेका लागि योगदान गरेर बल्ल बल्ल ७० बर्षको उमेरमा सुदुर पश्चिमबाट राष्ट्रिय सभा सदस्य भएकी शारदा भट्टलाई बालुवाटार गएर प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्नुस् नत्र जे पनि हुन्छ भन्दै गौरी वलीले धम्की दिएको सार्वजनिक भएको छ ।
नेकपामा प्रधानमन्त्री र प्रधानमन्त्री इतरका समूहबीच संसदीय दलमा बहुमत र्पुयाउने रस्साकस्सी चलिरहेका बेला भट्टमाथि यो धम्कीले उनको मन पोलेको छ ।
अरुले पनि भट्टलाई हस्ताक्षरका लागि फोन त गरेका थिए तर धम्की चाहीँ पार्टीकै केन्द्रीय सदस्य गौरी वलीले दिएकी हुन् ।
गौरीले फोन गरेर बालुवाटार जानुस्, प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्नुस् नत्र नराम्रो हुन्छ भनेर धम्क्याएको भट्टले मिडियामा सार्वजनिक गरे पछि विवादीत बनेकी गौरीले फेसबुकमा लेखेर आफूले आग्रह मात्र गरेको धम्की नदिएको बताएकी छन् ।
गौरीले शुक्रबार चार बजे पछि फोन गरेर त्यस्तो धम्की दिएको शारदाले सार्वजनिक गर्दै आफू गुट उपगुटको फोहोरी खेलमा नलाग्नै कसैकामा हस्ताक्षर नगर्ने भने पछि उनीमाथि धम्की दिईएको भनिएको छ ।
फेसबुकमा गौरीले भने आफूले शारदालाई माया र सम्मान गर्ने भन्दै भोली सरकार ढल्यो भने सगँै काम गर्न गाह्रै पर्ला भनेर भनेको लेखेकी छन् ।
हेर्नुस् गौरीको स्टाटस जस्ताको तस्तैः
https://www.facebook.com/gauri.oli.733/posts/1300928656963881