बैशाख १९ काठमाण्डौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले दक्षिण एशियाली सहयोग सगठन ( सार्क) सदस्य राष्ट्रहरु यूरोप, अमेरीका लगायतका मुलुकको तुलनामा कम प्रभावित छ । तर संक्रमणको दर भने बढी नै रहेको छ । सार्क सदस्य राष्ट्र मध्य बिशाल जनसंख्या भएको भारत सार्क सदस्य राष्ट्रमा सबै भन्दा बढी प्रभावित छ । संक्रमण र मृत्यु दुबै भारतमा धेरै छ । त्यस पछि दोस्रोमा पाकिस्तान रहेको छ । सबै भन्दा सानो मुलक समेत रहेको भुटानमा भने कोरोनाको प्रभाव पनि कमै देखिएको छ । नेपाल र भुटानमा अहिले सम्म कसैकाे मृत्यु भएकाे छैन । हेरौँ तलको सूचीः
दक्षिण एसियाली मुलुकहरु
कूल संक्रमित निको भएका कूल मृत्यु
१. भारत ३५,३६५ ९,०६८ १,१५४
२. पाकिस्तान १७,६११ ४,३१५ ४०६
३. बंगलादेश ७,६६७ १६० १६८
४. अफगानिस्तान २,१७१ २६० ६४
५. श्रीलंका ६६६ १५७ ७
६. माल्दिभ्स ४६८ १७ १
७. नेपाल ५९ १६ –
८. भुटान ७ ५ ––