रुपन्देही र बाँकेमा थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५९ पुग्यो

रुपन्देही र बाँकेमा थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५९ पुग्यो

  • शुक्रबार, बैशाख १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, १९ वैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रवार विज्ञप्तिमार्फत रुपन्देही र बाँकेका एकएक जनामा कोरोना पोजिटिभ देखिएको जनाएका छन् ।

रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

नेपालगञ्ज र रुपन्देहीका एकएक जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । अन्य बिरामीको विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचार भइराखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ