प्रेमी प्रहरीले गर्भ रहेपछि वास्ता नगरेकाले बाध्य भएर आत्महत्या गर्नु परेको सम्झनाको सुईसाईड नोट !

प्रेमी प्रहरीले गर्भ रहेपछि वास्ता नगरेकाले बाध्य भएर आत्महत्या गर्नु परेको सम्झनाको सुईसाईड नोट !

  • बिहिबार, बैशाख १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.2K
    SHARES

बैशाख १८ काठमाण्डौ । बागलुङ नगरपालिका ३ की ३० वर्षीया सम्झना किसानले जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रेम सम्बन्ध रहेका प्रहरी जवान राकेश दवाडीले वास्ता नगरेकाले आत्महत्या गर्नु परेको सुईसाईड नोट फेला परेको छ ।
प्रहरीका नाममा लेखिएको ’सुसाइड नोट’ मा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख छ ।
सम्झनाले मंगलबार राति कोठामै सलको पासो लगाएर आत्महत्या गरेकी थिईन् । बिहान ११ बजे सम्म पनि ढोका बन्द भएको र नउठेको पाएपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा सिलिङमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले घटनास्थलको अवस्था हेर्दै मुचुल्का संकलन गरेर शव पोस्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लगेको थियो ।
प्रहरीले मुचुल्का संकलन गरेर फर्किए पछि स्थानीय महिलाले कोठामा खोजतलास गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको ’सुसाइड नोट’ फेला परेको थियो ।
गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमानसँग सम्बन्ध विच्छेद भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् । उनका पूर्वपति तर्फ एक सानी छोरी छन् । ’सुसाइड नोट’मा श्रीमानसँग पनि सम्बन्ध विच्छेद गरेको र प्रेम सम्बन्धपछि सम्पर्कमा रहेका प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि आफू यता न उता भएर आत्महत्याको बाटो रोज्नु परेको लेखेकी छन्।
सोही नोटमार्फत उनले आफूले आत्महत्या गरेपनि पेटमा भएको बच्चाको डीएनए परीक्षण गरेर भए पनि दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् । ’सुसाइड नोट’ फेला परेसँगै सम्झनाका माइती र आफन्तले ’आत्महत्या’ गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।
मृतक सम्झनाका बुवा खड्कबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य पारिएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध ’आत्महत्या दुरुत्साहन’ को मुद्दा दर्ता समेत दर्ता गराएका छन् । ’प्रेमको नाटक रचेर यौन स्वार्थ लुटेर अलपत्र पार्ने नियतका कारण छोरीले मृत्युको बाटो रोजेको पायौँ,’ खड्कबहादुरले भने, ’आत्महत्याका पछाडि प्रहरीनै कारक रहेको पाइयो, रक्षक नै भक्षक भएपछि के लाग्दो रहेछ र ? हामीले छोरी गुमाए पनि न्यायको आशासहित दुरुत्साहन मुद्दा दर्ता गराएका छौं।’

’महिला मृत अवस्थामा फेला परेको सूचना पाएलगत्तै घटनास्थलमा पुगेर मुचुल्का संकलन गरेर अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले भने, ’घटनास्थलमा प्रहरीले फेला नपारेको तरपछि ’सुसाइड नोट’ समेत हाम्रै नाममा भेटिएको पाइएको छ, त्यो कहाँबाट कसरी देखियो भन्ने बारेमा प्रहरीले विस्तृत रुपमा अनुसन्धान सुरु गरेको छ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ