कालिकोट बैशाख १७ । काँग्रेस कार्यकर्ताको एक समुहले कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट गरेका छन् ।
बुधबार उपभोक्ता समितिको बिबाद बढेपछि काँग्रेशका स्थानिय कार्यकर्ताहरुको समुहले कुटपिट गरेको अध्यक्ष न्यौपानले बताए । वडा अध्यक्षको शरीर रगतपच्छे देखिन्छ । उनको अनुहार र टाउकोमा प्रहार भएको देखिन्छ ।
स्थानिय कार्यकर्ता पारस न्यौपाने , उमेश, तिलक, जनक र कमल न्यौपाने रहेको बताएको छ । वडा कार्यालय सहयोगीलाई पिट्न खोज्दा वडा अध्यक्ष छुटाउन जाँदा अध्क्षमाथि हातपात भएको अध्यक्ष न्यौपाने बताए ।
दोषीमाथि कार्बाही गर्न जनप्रतिनिधिरुले माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले दुव्र्यवहार र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । अध्यक्ष सेजुवालले यस्तो कार्यले जनप्रतिनिधिको कार्यसम्पादनमा गम्भीर असर पर्न गई सेवा प्रवाह नै प्रत्यक्ष प्रभाव पर्ने समेत बताएका छन ।