आगोले जलेका वडाध्यक्ष खनाल सहित दुई वडा अध्यक्षको निधन

आगोले जलेका वडाध्यक्ष खनाल सहित दुई वडा अध्यक्षको निधन

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बागलुङ, बैशाख १७ । आगलागीमा परी गम्भीर घाइते हुनुभएका जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ ।

काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको बुधबार बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजारमा रहेको शर्माको पसलमा यही वैशाख ८ गते आगलागी हुँदा खनाल, उनकी श्रीमती रुपा र छोरा सञ्जय घाइते थिए । सोही घटनामा परी शर्माका कान्छा छोरा १५ वर्षीया समीरको घटनास्थलमै ज्यान गएको थियो ।

खनालसहित घाइते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँ पुर्‍याइएको थियो । “उनको अवस्था सुधारोन्मुख थियो, अकस्मात मुटुमा समस्या आई निधन भएको खबर आयो”, अध्यक्ष शर्माले भने, “शव परीक्षण प्रतिवेदनपछि सबै जानकारी आउला ।”

खनालकी श्रीमती र छोरा सञ्जयको अवस्था भने सुधारोन्मुख छ । आगलागीका कारण पसलसहित घर पूर्णरुपमा क्षति भएको छ । खनाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष चौधरीको निधन

बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको आज निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ