नेकपा सचिवालय बैठक शुरु

नेकपा सचिवालय बैठक शुरु

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१७ बैशाख, काठमाडौं । लामो रस्सा कस्सी पछि नेकपा सचिवालयको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको बैठकमा सचिवालयका सबै नेताहरु सहभागी भएका छन् ।
बैठकमा अध्यादेश पछि उत्पन्न विवाद र पार्टी भित्र नेतृत्व हेरफेरका बिषयमा कडा बहस हुने बताईएको छ ।
साथै बैठकले स्थायी समितिको बैठक राख्ने बिषयमा समेत निर्णय गर्ने जनाईएको छ ।
प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर अहिलेको समस्याको निकास निकाल्न आग्रह गरेका छन् भने ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न नसकिने अडान लिएका छन् ।
औपचारिक रुपमा नआए पनि नेकपामा दाहाल र नेपाल समूहले आन्तरिक रुपमा ओलीको राजीनामा मागेको छ । स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतको समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडेर पार्टीको अन्तरविरोधको निकास दिनुपर्ने प्रस्ताव आन्तरिक रुपमा अगाडि सारिसकेका छन्।

यता ओलीले भने पार्टी्भित्र शक्ति बाँडफाँडलाई लिएर आन्तरिक विवाद पेचिलो बन्दै गर्दा बुधवारसचिवालय बैठक बोलाएको भन्दै आफ्नो पक्षका केन्द्रीय सदस्यदेखि सांसद सम्मलाई राजधानीमै बस्न निर्देशन समेत दिईसकेको बताईन्छ ।

अध्यादेश प्रकरणबाट विवाद तन्किँदै जाँदा ओली, प्रचण्ड र नेपाल तीनै समूहका नेता सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका छन् । तीनै समुहको आ आफ्नै रणनीतिका साथ आजको बैठकमा उपस्थित हुनेभएपछि
बुधबारको बैठकमा गर्मागरम बहस हुने संकेत देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ