यी तीन नेता जो आफू शक्तिशाली हुन खोजिरहेका छन्

यी तीन नेता जो आफू शक्तिशाली हुन खोजिरहेका छन्

  • बुधबार, बैशाख १७, २०७७
  • एण्डीज शर्मा

  • 9.6K
    SHARES

बैशाख १७ काठमाण्डौं । फाईल तस्वीरमा देखिएका तीन नेता हुन् । क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधव कुमार नेपाल ।
यस मध्य बीचमा रहेका ओली अहिले देशको प्रधानमन्त्री र नेकपाको शक्तिशाली अध्यक्ष छन् । त्यस पछि एक छेउमा देखिने प्रचण्ड अर्का अध्यक्ष हुन् । जो जनयुद्ध गरेर नेतृत्वमा पुग्न सफल एवं दुई पटक प्रधानमन्त्री भईसकेका पात्र हुन् ।
अर्को छेउमा रहेका माधव नेपाल जो देशमा एक पटक प्रधानमन्त्री भईसकेका छन् भने लामो समय नेकपा एमाले हाँकेर आएका शक्तिशाली पात्र हुन् अहिलेको नेकपा भित्र ।
यीनै तीन जना नेताको वरिपरी अहिलेको नेकपा कुदिरहेको छ ।
पछिल्लो पटक प्रधानमन्त्री ओलीले वरीपरीका दुबै शक्तिशाली नेता र अन्य नेता झलनाथ खनाल र वामदेव गौतमलाई समेत नसोधी दल विभाजन र संवैधानिक परिषद्को गणपुरक संख्या सम्बन्धि संसोधन अध्यादेश ल्याए पछि चरम विवादमा परे ।
अन्य नेता , प्रतिपक्षी र आम क्षेत्रबाट दवाव देखिए पछि ५ दिन भित्र उक्त अध्यादेश फिर्ता लिए प्रधानमन्त्रीले तर उनीमाथि उठेका प्रश्न थप पेचिलो बन्दैछ ।
सार्वजनिक र घोषित रुपमा नभनिए पनि प्रचण्ड र माधव नेपालले ओलीमाथि निकास दिन अर्थात पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन दवाव शुरु गरे पछि नेकपाभित्र विवादको तरंग थप तीव्र बनेको छ ।
प्रचण्ड र माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरुले हस्तक्षर गरेर नै बैठक माग गरे पनि ओलीले आफै अल्पमतमा पर्ने र निर्णय प्रतिकुल हुने देखेपछि बैठक टार्दै आएका थिए । तर लगातार प्रचण्ड र माधव नेपाल एवं झलनाथ खनाल र बामदेव गौतमले दवाव दिए पछि सचिवालयको बैठक आज बस्दैछ ।
यी तीनै जना नेताका दाउ भने आफ्ना आफ्ना छन् । प्रधानमन्त्री ओली आफू पाच बर्ष सम्म प्रधानमन्त्री भईरहन चाहन्छन् र पार्टी अध्यक्ष पनि छोड्न चाहदैनन् । उनले यसका लागि जस्तो सुकै चुनोतीको सामना गर्ने चेतावनी दिईरहेका छन् ।
प्रचण्डको चाहना यस अघि एकतापूर्वको समझदारी अनुसार अब प्रधानमन्त्री हुने पालो भन्दै आएकामा पार्टीको कार्यकारी जिम्मा पाउने भए पछि ओलीलाई समर्थन गर्न पुगेका थिए तर अहिले त्यो पूर्ण कार्यकारीको भूमिकाको महसुस ओली सिंहापुरमा उपचार गराएको बेलामा एकाध बैठक राख्नु बाहेक पाएका छैनन् । त्यसैले उनी पार्टी भित्र शक्तिशाली र अधिकार सम्पन्न हुन चाहन्छन् । यसका लागि ओलीलाई घेरामा पार्न उनले बामदेव गौतम, झलनाथ खनाल र माधव नेपालसगँको संवाद रणनीति बलियो बनाएका छन् ।
अर्का बरिष्ठ नेता माधव कुमार नेपाल पार्टी एकता पछि देखि नै अपमान भएको महसुस गर्दै एक व्यक्ति एक पदको अडानमा छन् । उनको अडान अहिले सम्म पनि फेरीको छैन । उनी त्यसमा दृढ देखिन्छन् ।
उनलाई घरी प्रचण्डले प्रधानमन्त्री प्रस्ताव गरेको, घरी ओलीले आउने महाधिवेशन पछि अध्यक्ष बनाउने तर अहिले आफूलाई सहयोग गर्न प्रस्ताव गरेको भनेर समाचार आईरहे पनि उनी अहिले मझधारमा उभिएर मिलाउने प्रयासमा छन् ।
त्यस बाहेक झलनाथ खनाल र बामदेव गौतमले खास समुह बनाएर बार्गेनिगं नगरे पनि प्रभावशाली नेताहरु हुन् । जसले एजेण्डा अनुसार कहिले प्रचण्ड कहिले ओली र कहिले नेपालका पक्षमा तर्क राख्दै आएका छन् ।
यी तीन नेतामा कुनै दुई मिल्ने हो भने अर्को पक्ष निकै कमजोर हुन्छ । पार्टी भित्रको समीकरण अनुसार पनि । त्यसैले कतै पार्टी कमिटिले अप्ठ्यारो पार्ने हो कि भन्ने हिशाबले आफू कुर्सीमा टिकिराख्न प्रधानमन्त्री ओलीले प्रचण्डसगैँ एकतामा आएका राम बहादुर थापा, टोप बहादुर रायमाझी, दिनानाथ शर्मा, लेखराज भट्ट लगायतकालाई आफ्नो खेमामा तान्न सफल भएको पनि चर्चा छ । यो साचोँ हुने हो भने प्रचण्डको गतितिय हैसियत कमजोर बन्ने छ ।
ओलीलाई राजीनामा दिन लगाएर , माधव नेपाललाई प्रधानमन्त्री बनाउदा आफू पार्टी भित्र शक्तिशाली बन्ने प्रचण्डको हिशाब रहेको पनि नेकपा भित्र चर्चा हुने गरेको छ ।
यो विवादलाई सहमतिमा किनारा लगाउने, पार्टी विभाजन गर्ने , सरकार फेर्ने वा निरन्तरता दिने जे जे निर्णय गरे पनि समान रुपले दाह्री जुंगा फुलीसकेका, प्रधानमन्त्री भईसकेका र पार्टीको पनि नेतृत्व गरीसकेका यीनै तीन नेता निर्णायक हुनेमा भने दुईमत छैन ।
आजै बस्ने भनिएको सचिवालय बैठक र आगामी दिनमा हुने बैठकले कस्तो स्थितिमा पुर्याउने हो त्यसैमा उनीहरुको सफलता या असफलताको कथा जोडिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ