के यो लकडाउन हो ? सत्तारुढ नेकपाकै कार्यकर्ताको जमघट र नाराबाजीको बबरमहलमा देखिएका यी दृष्यहरु ( तस्वीरहरु)

के यो लकडाउन हो ? सत्तारुढ नेकपाकै कार्यकर्ताको जमघट र नाराबाजीको बबरमहलमा देखिएका यी दृष्यहरु ( तस्वीरहरु)

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

सांसद डा. सुरेन्द्र यादव अपहरणको मुद्धा टेकु प्रहरीले जाहेरी लिन नमाने पछि जिल्ला सरकारी वकिलको कार्यलयमा मुद्धा दर्ता गर्न पुगेका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुद्धा दर्ता नभए पछि बाहिर सञ्चारकर्मीहरुलाई प्रतिकृया दिन शुरु गरे लगत्तै नेकपाका कार्यकर्ताले बाबुराम भट्टराईलाई देशद्रोही र हत्यारा भन्दै नारा लगाए ।
त्यो नाराबाजी पछि महतोले आफ्नो मन्तव्य छोट्याए । त्यस पछि संघीय समाजवादीका कार्यकर्ताले समेत अपहरणकारीलाई कार्बाही गर जस्ता नारा लगाएका थिए ।
लकडाउन भनिए पनि दुई पक्षका कार्यकर्ताको नाराबाजी र ठूलो संख्यामा सुरक्षाकर्मीको तैनाथीले लकडाउन भएको अनुभूति हुदैन थियो ।
सांसद अपहरणको मुद्धामा पूर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत, किसन कुमार श्रेष्ठ विरुद्ध अपहरण सम्बन्धि मुद्धा दायर गर्न संघीय समाजवादी लागिपरेको छ । भने नेकपाको युवा संघ र अखिल बाबुराम भट्टराई, हिसिला यमि लगायतका विरद्ध मुद्धा दर्ता गर्न टेकु र सरकारी वकिलको कार्यलयमा पछि पछि पुगेको थियो । दुवै पक्षको मुद्धा दर्ता अहिले सम्म भएको छैन ।

Image may contain: 2 people, crowd and outdoor

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ