बजेट अधिवेशन बाेलाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल, लगत्तै बानेश्वरको संसद भवन अवलोकन

बजेट अधिवेशन बाेलाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल, लगत्तै बानेश्वरको संसद भवन अवलोकन

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशन (बजेट अधिवेशन) बोलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
बुधबार बिहान बालुवाटार पुगेका सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर अधिवेशन बोलाउन आग्रह गर्नुभएको हो ।
उहाँहरुबीच संघीय संसदको बजेट ( बर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । अघिल्लो वर्षको बजेट अधिवेशन वैशाख ८ गते आह्वान भएर १६ गतेदेखि सुरु भएको थियो ।
यसवर्ष कोरोना भाइरसका कारण वैशाख २५ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको छ । जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटभन्दा अगाडि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ ।
संसदमा नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि छलफल गरिन्छ । तर, समय कम रहेकाले यी सबै प्रकृयालाई ख्याल गरेर जतिसक्दो छिटो संसद अधिवेशन आह्वान गर्नुपर्ने दबाब सरकारलाई छ ।


यसैबीच, बालुवाटारबाट फर्किएलगत्तै बोनेश्वरको संसद भवन अवलोक गरिएको छ । प्रधानमन्त्री ओली, सभामुख सापकोटा, राष्ट्रियसभाका सभामुख गणेश तिमिल्सिनाले बानेश्वर पुगेर संयुक्त रुपमा संसद भवनको स्थलगत अवलोकन गर्नुभएको हो ।
बजेटसम्बन्धी संवैधानिक व्यवस्था र प्रि–बजेट छलफलको तालिकाअनुसार अधिवेशन आह्वान गर्ने समय भइसकेको अवस्थामा आज प्रधानमन्त्री र सभामुख सहितको टोलीले संसद भवन अवलोकन गरेको हो । सरकारका अर्थमन्त्रीले हरेक आर्थिक वर्षका लागि राजश्व र व्ययको अनुमान (बजेट) प्रत्येक वर्ष जेठ महिनाको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेट प्रस्तुत गर्नु १५ दिनअघि प्रि–बजेट छलफलका लागि संसद्को बैठक बस्नुपर्ने कानूनी व्यवस्था छ । बजेटअघि नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ । सोहि कारण संसद सचिवालयले सामाजिक दुरी कायम गरेर संसदको बैठक चलाउन आफूहरू तयार रहेको जनाएको छ ।
सचिवालयका अनुसार सामाजिक दूरी कायम हुनेगरी संसदको बैठक कक्ष तयार भइसकेको छ । भर्चुअल बैठकका लागि समेत तयारी गरिएको छ ।


भर्चुअल बैठक गर्नका लागि सफ्टवेयरदेखि अन्य व्यवस्थापन, बजेट लगायतका बिषयमा अध्ययन गर्न संसद सचिवालयले ७ सदस्यीय समिति गठन गरेको छ ।
सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरेको नेतृत्वमा गठित अध्ययन समितिले प्रारम्भिक प्रतिवेदन सचिवालयलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनमा माइक्रोसफ्ट टिम्सको माध्यमबाट भर्चुअल बैठक गर्न सकिने सुझाव दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ