सांसद अपहरण प्रकरणः जनता समाजवादीका नेताहरु छलफलमा, दर्ता होला जाहेरी ?

सांसद अपहरण प्रकरणः जनता समाजवादीका नेताहरु छलफलमा, दर्ता होला जाहेरी ?

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

बैशाख १७, काठमाण्डौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको दाबी सहित किटानी जाहेरी जिल्ला सरकारी वकिलको कार्यलय काठमाण्डौले लिन्छ या लिदैन भन्नेबारे आज निक्यौल हुने सम्भावना छ ।

यसअघि हिजोदार्ता गर्न नमानेको सरकारी वकिलको कार्यलयले एक दिन समय दिन आग्रहगरेपछि समाजवादीका नेताहरुबाहिरिएका थिए ।

टेकु प्रहरीले जस्तै सम्बन्धित जिल्लामा गर्नु पर्ने लगायतका सुझाव सरकारी वकिलहरुले दिए पछि घण्टौ सम्म समाजवादी पार्टीका नेता र कानुन व्यावसायीले दर्ता हुनै पर्ने जिकिर गरेपनि मंगलवार जाहेरी दर्ता हुन सकेन ।

त्यस पछि आज बुधवार सम्ममा निर्णय दिने जिल्ला सरकारी वकिलको कार्यलयले बताए पछि अपहरणमा परेको भनिएका सांसद डा. सुरेन्द्र यादवसहितका नेताहरु बाहिरीएका थिए ।

आज सम्म जिल्ला सरकारी वकिलको कार्यलयले अभियोग दर्ता नगरे सर्वोच्च अदालमा परमादेशका लागि जाने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनु भयो ।

यसैबीच, अपहरणको मुद्धा दर्ता गराउन खोज्दै हिड्ने समाजवादी पार्टीका नेता बाबुराम भट्टराई लगायतका नेता विरुद्ध साईबर अपराधको मुद्धा दर्ता गर्न नेकपाका कार्यकर्ता पनि सरकारी वकिलको कार्यलय पुगेका थिए । उनीहरुको पनि निवेदन दर्ता भएन । आज फेरी उक्त समुह पनि सरकारी कवकिलको कार्यलय काठमाडौंमा उपस्थित हुने भएको छ ।

नेकपाका भातृ संगठनहरू अनेरास्ववियू र युवा संघ नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध उजुरी दर्ता गराउन खोजेका हुन् ।

सरकारी वकिलको कार्यालयले अध्ययन अनुसन्धानको लागि एक हप्ताको समय मागेको तर आफूहरूले बुधबार फेरि आउने भनेर फर्किएको अखिलका अध्यक्ष ऐन महरले बताउनु भयो ।दुबै पक्षआज कतिवेला सरकारी वकिलको कार्यलयमा उपस्थित हुन्छन् भन्नेबारे टुङगो छैन । एक नेताका अनुसार कार्यलय खुलेपछि जाने तयारी छ भने यता जनता समाजवादी पार्टीका नेताहरु छलफलमा अहिले जुटेका छन् । जाहेरी दर्ता नभए के गर्ने भन्नेबारे निर्णय गर्न नेताहरु छलफलदमा जुटेको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ