रेडियो नेपालको कार्यकारी निर्देशक कार्की कार्बाहीमा ? सञ्चार मन्त्री र सचिवको छुट्टा छुट्टै स्पष्टीकरण(पत्रसहित)

रेडियो नेपालको कार्यकारी निर्देशक कार्की कार्बाहीमा ? सञ्चार मन्त्री र सचिवको छुट्टा छुट्टै स्पष्टीकरण(पत्रसहित)

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.3K
    SHARES

बैशाख १७ काठमाण्डौं । पूर्वप्रधानमन्त्री समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसगँ लिईएको अन्तरवार्तामा प्रयोग भएको शब्द र भाषाका विषयलाई लिएर रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई विभागीय मन्त्रालयबाट स्पष्टीकरण माग गरिएको छ ।

मन्त्री युवराज खतिवडाको निर्णयबाट एउटा पत्र काटिएको छ भने सचिव दीपक सुवेदीको तर्फबाट अर्को पत्र काटिएको छ । मन्त्री खतिवडाको मन्त्रीस्तरीय निर्णयबाट निर्देशक कार्कीका नाममा पत्र काटेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्ने भनिएको छ ।

मन्त्रालयका सहसचिव राधिका अर्यालद्वारा हस्ताक्षरित सो पत्रमा लेखिएको छ– रेडियो नेपालबाट बिहान साढे ६ बजे प्रशारित अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री श्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पङ्गु, निरङ्कुश शासक र भष्मासुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यससम्बन्धमा के–कस्तो भएको हो ? तीन दिन भित्रमा स्पष्टीकरण पेस गर्नुहुन माननीय मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध छ ।
सो अन्तरवार्तामा प्रयोग भएको भाषाका सन्दर्भमा निर्देशक कार्कीले विज्ञप्ति निकालेर क्षमा माग्दै अब अतिथि चयन गर्दा ध्यान दिने बताए पनि उनलाई कार्बाहीको प्रकृया भने अघि बढेको छ ।
विगतमा यस्ता स्पष्टीकरणहरु लिएको नजिर हेर्ने हो भने सरुवा, बर्खास्त जस्ता कार्बाही हुने गरेको छ ।
यो पत्र पछि कार्कीको जागिर पनि गुम्न सक्ने अड्कलबाजी शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ