राहतको विषयलाई लिएर वडामा तालाबन्दी, लकडाउन उलङघन गर्दै राजमार्गदेखि नगरपालिकासम्म जुलुस

राहतको विषयलाई लिएर वडामा तालाबन्दी, लकडाउन उलङघन गर्दै राजमार्गदेखि नगरपालिकासम्म जुलुस

राजनीतिक व्यक्तिगत प्रतिशोध राख्दै नाराबाजी गरियोः वडा अध्यक्ष गिरी

  • मङ्लबार, बैशाख १६, २०७७
  • डम्मर राज भट्ट

  • 10.4K
    SHARES

कन्चनपुर, बैशाख १६। कोरोना भाईरस रोकथामका लागि नेपाल सरकारले अघि सारेको लकडाउन नीतिबाट दैनिक ज्यालामजदुरि गरी गुजारा चलाउने परिवारका लागि सरकारले राहत प्याकेज ल्याएको छ । राहत कार्यक्रम विषयलाई लिएर देशभरी विवाद पनि हुँदै आएको छ, राहतलाई सरकारले सबैका लागि भएको बुझाई पछि समस्या बाँझिदै गएको छ ।

राहत वितरणको विषयलाई लिएर असन्तृष्ट पक्षका केही स्थानीयले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार दिउँसो शुक्लाफाँटा नगरपालिका ५ गर्जेमुनीका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले राहत वितरणमा जनप्रतिनिधीले विभेद गर्दै आफन्त र धनीवर्गलाई राहत दिएको तर, गरिब विपन्न र मजदुरले राहत नपाएको भन्दै वडा कार्यालयको मुल गेटमै तालाबन्दी गरेका हुन् । स्थानीय गणेश नाथले पाउने व्यक्तिले राहत नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । ‘हाम्रो नाम संकलन गरियो, तर राहत पाईन, ‘उनले भने, ‘राहतका लागि पटक पटक वडामा आउँदा भोलीभोली भन्दै ढाटियो ।’


स्थानीय हरिदेवी भट्टले आफ्नो घरमा बिहान साँझ खान लाउन नपुग्ने भएपनि वडाबाट राहत नपाईएको दुखेसो पोखिन् । राहत नपाएको विषयमा स्थानीयबाट वडा कार्यालयमा तालाबन्दी, घेराउ ताकेता ठिकै भएपनि राहतकै विषयलाई लिएर लकडाउन उलङघन गर्दै वडाध्यक्ष माथि राजनीतिक व्यक्तिगत प्रतिशोध राखेर केही राजनीतिक दलका कार्यकर्ताले राजमार्गमा नाराबाजी समेत गरेका थिए ।

नेपाली काँग्रेस निकटका युवाहरुले आफु बिरुद्ध नाराबाजी र व्यक्तिगत प्रतिशोध साटेको वडा अध्यक्ष कमल गिरीले बताए । उनीहरुले वडा कार्यालयदेखि राजमार्ग हुँदै नगरपालिका कार्यालयसम्म वडा अध्यक्ष गिरी बिरुद्ध नाराबाजी गर्दै राजिनामाको माग अघि सारेका छन् ।

असन्तुष्ट स्थानीयले कमल गिरी मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । राहतकै विषयलाई लिएर हद नाघेको वडा अध्यक्षको भनाई छ । शुक्लाफाँटा नगरपालिका ५ का वडाअध्यक्ष कमल गिरीले राहत वितरणमा कुनै पनि विभेद नभएको बताए । ‘राहतको मापदण्डभित्र पर्ने सबै समेटेका छौँ, ‘उनले भने, ‘दिनुपर्नेलाई दिएकै छौँ, छुटाएका छैनौँ ।’

उनका अनुसार वडामा १२ सय ८ परिवारलाई सरसफाईका लागि साबुन वितरण गरिएको छ । १३ वादी समुदायका परिवार सहित ३ सय ४८ परिवारलाई राहत दिने लक्ष्य रहेको बताए ।‘राहत वितरणकै चरणमा छौँ, ‘अध्यक्ष गिरीले भने, केही जनताबाट राम्रो सुझाव आएको छ, केहीले राजनीतिक र व्यक्तिगत प्रतिशोध साटेका छन् ।’ वडाबाट पाउनुपर्ने कुनै पनि नागरिकले राहतबाट बञ्चित नहुने बताउदै उनले राहत वितरणकै चरणमा केहीले अनावश्यक वडामा आएर विवाद झिकेको बताए ।

‘हामीले यतिसम्मकी वडाका सबै स्थानीयका घर घरमा पुगेर साबुन वितरण गरेका छौँ, ‘भाडामा बस्ने विद्यार्थी, अन्य स्थानीय एव भारतीय नागरिकलाई समेत राहत दिन्छौँ ।’ जमिन भएका हुनेखानेहरुले नै राहत वितरणमा अत्तो थालेपछि विवाद भएको वडा अध्यक्ष गिरीले बताए ।
राहत वितरणमा वडाबाट कुनैपनि त्रृटी नहुने उनले बताए । स्थानीय गोकुलदेव अवस्थीले वडाबाट राहत वितरणमा सुनुवाई नभएपछि बाध्य भएर नगरपालिका कार्यालय गएको बताए । वडाबाट जतिको राहतका लागि फारम भरियो, उनीहरुलाई राहतबाट बञ्चि गराएर हुनखानेहरुलाई राहत वितरण गरेको उनको आरोप छ ।

‘वडाबाट हामी नगर प्रमुख दिल बदादुर ऐरलाई भेट्न गएका हौँ, ‘उनले भने, ‘मेयर सावले सबैलाई राहतमा समेट्ने बचन दिएकाले हामी उताबाट फर्किएर आए ।’ तालाबन्दीको विषयमा स्थानीय प्रशासन, मेयर दिल बहादुर ऐर, वडाध्यक्ष कमल गिरी लगायतले छुटपुट र वास्तविक पीडितलाई राहत दिनेभएपछि केही घण्टापछि ताला खुलिएको थियो ।

तर, त्यही आन्दोलनरत पक्षका गोकुलदेव अवस्थी लगायतले प्रतिपक्षी विना ताला खोलिएको विषय सर्वव्यापनी मान्न नहुने तर्क राखेका छन् । शुक्लाफाँटा नगरका केही बुद्धिजिवी स्थानीयले वडाबाट राम्रो तरिकाले राहत वितरण भएपनि वडा अध्यक्ष बिरोधी समुहले स्थानीय उस्काएर आन्दोलनमा ल्याउने कोरोनाको जोखिम बढाएको टिप्पणी गरेका छन् । नपाउनेले दैनिक जसले काम नगरि खान नहुने पाउनुपर्नेमा जोडदिएका छन् । परनिर्भताको मानसिकता माथि माथि नउठ्दाको परिमाण भएको विश्लेषण समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ