नेकपा सचिवालयको बैठक राख्न ओली सकारात्मक, प्रचण्डपक्षको सांसद फकाउन ओली पक्ष सक्रिय

नेकपा सचिवालयको बैठक राख्न ओली सकारात्मक, प्रचण्डपक्षको सांसद फकाउन ओली पक्ष सक्रिय

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

बैशाख १६ काठमाण्डौं । विवादास्पद अध्यादेश पछि चरम आन्तरीक विवादमा फसेको नेकपाको सचिवालयको बैठक राख्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएका छन् ।
यस अघि स्थायी समितिका सदस्यहरुले हस्ताक्षरै गरेर बुझाउदा समेत बैठक राख्न आनाकानी गरेका प्रधानमन्त्री ओलीले आज अर्का अध्यक्ष प्रचण्डसगँ भएको छलफल पछि बैठक राख्न तयार भएको र संभवत भोली बैठक बस्ने नेकपा स्रोतले जनाएको छ ।
भोली यदी नभ्याएमा पर्सी बैठक बस्ने बताईएको छ । हिजो माधव नेपाल समुहसगँको छलफलमा आज बैठक बस्न सक्ने संकेत दिईए पछि बैठक हुन सकेन ।
प्रधानमन्त्रीले नैतिकताको हिशाबले निकास दिनु पर्ने भनेर घुमाउरो रुपमा आफ्नै पार्टीका नेताहरुले राजीनामाको माग गर्न थाले पछि अल्पमतमा पर्ने देखे पछि ओलीले बैठक टार्दै आएको दाबी नेकपाकै केही नेताहरुको छ ।
अब बैठक पछि नयाँ समिक्षा र निर्णय हुने बताईएको छ ।
यसैबीच पार्टी भित्र मात्र हैन संसदीय दलमा समेत आफू कमजोर हुने स्थिति बने पछि प्रधानमन्त्री ओलीले सांसदहरुलाई आफ्नो पक्षमा तान्न सक्रियता देखाएका छन् । उनले पार्टी भित्रका पूर्व एमाले पक्षका र स्वयं पूर्व माओवादी एवं प्रचण्ड पक्षका सांसद समेत आफ्नो पोल्टामा पार्ने रणनीति अनुसार अनौपचारीक रुपमा सक्रियता देखाएको स्रोतले बताएको छ ।
यही प्रयास स्वरुप हिजो बालुवाटारमा सांसदहरुसगँ प्रधानमन्त्रीले गरेको छलफलमा पूर्व माओवादी एवं प्रचण्ड पक्षका भनिएका सांसद लेखराज भट्ट बालुवाटार पुगेको बताईएको छ । उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा आफू नरहेको अभिव्यक्ति दिएको एक सासदले बताए ।
पार्टी कमिटीको सचिवालय र स्थायी समितिमा बहुमत गुमाएका ओली असन्तुष्ट पक्षको माग अनुसार अध्यक्ष र प्रधानमन्त्री कुनैपनि पद नछाड्ने बरु संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्ने रणनीतिमा लागेका हुन् ।
नेकपाका कुल १ सय ७४ जना सांसद छन् । त्यसमा पूर्वएमालेतर्फका १२१ र पूर्वमाओवादीतर्फका ५३ जना छन् । १२१ मध्ये ओली समूहका मात्रै ७८ जना छन् । बाँकी ४३ जना माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल समूहका छन् । संसदीय दलमा बहुमत कायमै गर्न ८८ सांसद चाहिन्छ । यसो हुँदा ओलीलाई १० जना सांसद अपुग हुन्छन् ।

सोमबारमात्रै झण्डै २ दर्जन सांसदहरुलाई बालुवाटारमा बोलाएर ओलीले जतिवेला जे पनि हुन सक्ने भन्दै साथ दिन आग्रह गरेका हुन् । पूर्वमाओवादी धारका लेखराज भट्टले ओलीलाई साथ दिने बताइसकेका छन् ।
टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतका सांसदहरुलाई पनि ओलीले आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् ।
यी सांसदहरुलाई तान्न ओली निकटका नेताहरु परिचालित भएको बताईएको छ । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रियसभाका सांसद दिनानाथ शर्मालाई पनि बालुवाटारमा बोलाएर भेटघाट गरेका छन् ।
पार्टी भित्र अल्पमतमा परे अविस्वासको प्रस्ताव समेत आउन सक्ने भएकाले अविस्वासको प्रस्तावबाट आफू सुरक्षित रहन उनले यस्तो जुक्ति अपनाएको बताईएको छ ।
भलै नेताहरुले पार्टी विभाजन नगरी यो पछिल्लो घटनाक्रमको समिक्षा गरेर अघि जाने बताईरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ