सिर्जना तिम्सिना बैशाख १६ काठमाण्डौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको दाबी सहित किटानी जाहेरी दिन जिल्ला सरकारी वकिलको कार्यलय काठमाण्डौंमा पुगेर दर्ता नभए पछि पत्रकारहरुसगँ सो पार्टीका नेता राजेन्द्र महतोले कुरा गर्न थाले पछि सत्तारुढ नेकपाका कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।
अपहरणको मुद्धा दर्ता नभए पछि अब कानुनी कार्बाहीको बाकीँ ढोकामा जाने त्यो पनि नभए जनतामा जाने महतोले बताए ।

कडा प्रहरी सुरक्षा घेराबीच सडकको छेउमा डा. बाबुराम भ्टराई लगायतका नेता विरुद्ध साईबर अपराधको मुद्धा दर्ता गर्न सरकारी वकिलको कार्यलय अगाडी पुगेका नेकपाका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
उनीहरुले बाबुराम देशद्रोही भएको भन्दै मुर्दावादको नारा लगाए ।
त्यसै गरी समाजवादीका कार्यकर्ताले पनि अपहरणकारीलाई कार्बाही गर भन्दै नाराबाजी गरे पछि बाक्लो मात्रामा तैनाथ प्रहरीले दुबै पक्षबीच झडप नहोस् भनेर सुरक्षा प्रवन्ध गरेको थियो ।
नेता तथा वकिलहरु महोत्तरीका सांसद डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न रहेको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान कुमार श्रेष्ठ विरुद्ध अपहरण अभियोग दर्ता गर्न सरकारी वकिलको कार्यलयमा पुगे पनि त्यहाँ पनि आज मुद्धा दर्ता भएन ।
घण्टौ लामो छलफल पछि पनि मुद्धा दर्ता नभए पछि एक दिन सबै सरोकारवाला पक्षसगँ छलफल गरेर भोली निर्णय गर्ने सरकारी वकिल कार्यलयले समय माग गरे पछि भोली सम्म पर्खने डा. सुरेन्द्र यादवका तर्फबाट वकिल वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
भोली पनि सरकारी वकिलको कार्यलयले मुद्धा दर्ता नगरे सर्वोच्चमा परमादेशका लागि जाने अधिवक्ता त्रिपाठीले बताए ।
यस अघि टेकु प्रहरीले पनि महोत्तरी नै जान सुझाव दिदै मुद्धा दर्ता गर्न अस्वीकार गरे पछि समाजवादीका नेता र अपहरणमा परेको भनिएका सांसद डा. यादव सरकारी वकिलको कार्यलयमा आज पुगेका थिए ।
यस अघि महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन अस्वीकार गरे पछि यसको बिरोध हुदै आएको थियो ।
लागि कानुन व्यवशायीहरुको साथमा उपेन्द्र यादव, राजेन्द्र महतो , अशोक राई लगायतका नेता पुगेका थिए ।
यसैबीच, अपहरणको मुद्धा दर्ता गराउन खोज्दै हिड्ने समाजवादी पार्टीका नेता बाबुराम भट्टराई लगायतका नेता विरुद्ध सत्तारुढ नेकपाका कार्यकर्ताहरुले साईबर अपराधको मुद्धा दर्ता गर्न अहिले सरकारी वकिलको कार्यलय पुगेका छन् ।
उनीहरु हिजो टेकु प्रहरीमा गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन । बाकीँ के के भयो भिडियोमा हेर्नुस्ः