पूर्व आईजिपी खनाल सहित तीन जनाविरुद्ध सांसद अपहरण मुद्धा सरकारी वकिल कार्यलमा पनि दर्ता भएन

पूर्व आईजिपी खनाल सहित तीन जनाविरुद्ध सांसद अपहरण मुद्धा सरकारी वकिल कार्यलमा पनि दर्ता भएन

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बैशाख १६ काठमाण्डौं । समाजवादी पार्टीका नेता तथा वकिलहरु महोत्तरीका सांसद डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न रहेको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान कुमार श्रेष्ठ विरुद्ध अपहरण अभियोग दर्ता गर्न सरकारी वकिलको कार्यलयमा पुगे पनि त्यहाँ पनि आज मुद्धा दर्ता भएन ।
घण्टौ लामो छलफल पछि पनि मुद्धा दर्ता नभए पछि एक दिन सबै सरोकारवाला पक्षसगँ छलफल गरेर भोली निर्णय गर्ने सरकारी वकिल कार्यलयले समय माग गरे पछि भोली सम्म पर्खने डा. सुरेन्द्र यादवका तर्फबाट वकिल वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
भोली पनि सरकारी वकिलको कार्यलयले मुद्धा दर्ता नगरे सर्वोच्चमा परमादेशका लागि जाने अधिवक्ता त्रिपाठीले बताए ।
यस अघि टेकु प्रहरीले पनि महोत्तरी नै जान सुझाव दिदै मुद्धा दर्ता गर्न अस्वीकार गरे पछि समाजवादीका नेता र अपहरणमा परेको भनिएका सांसद डा. यादव सरकारी वकिलको कार्यलयमा आज पुगेका थिए ।
यस अघि महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन अस्वीकार गरे पछि यसको बिरोध हुदै आएको थियो ।
लागि कानुन व्यवशायीहरुको साथमा उपेन्द्र यादव, राजेन्द्र महतो , अशोक राई लगायतका नेता पुगेका थिए ।
यसैबीच, अपहरणको मुद्धा दर्ता गराउन खोज्दै हिड्ने समाजवादी पार्टीका नेता बाबुराम भट्टराई लगायतका नेता विरुद्ध सत्तारुढ नेकपाका कार्यकर्ताहरुले साईबर अपराधको मुद्धा दर्ता गर्न अहिले सरकारी वकिलको कार्यलय पुगेका छन् ।
उनीहरु हिजो टेकु प्रहरीमा गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ