पूर्व आईजिपी खनाल,बस्नेत र श्रेष्ठ विरुद्ध सांसद अपहरण मुदा दर्ता गर्न समाजवादीका नेता सरकारी वकिलको कार्यलयमा !

पूर्व आईजिपी खनाल,बस्नेत र श्रेष्ठ विरुद्ध सांसद अपहरण मुदा दर्ता गर्न समाजवादीका नेता सरकारी वकिलको कार्यलयमा !

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

बैशाख १६ काठमाण्डौं । समाजवादी पार्टीका नेता तथा वकिलहरु महोत्तरीका सांसद डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न रहेको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान कुमार श्रेष्ठ विरुद्ध अपहरण अभियोग दर्ता गर्न सरकारी वकिलको कार्यलयमा पुगेका छन् । पीडित भनिएका संसाद डा. सुरेन्द्र यादव पनि त्याहाँ उपस्थित भएका छन् । वकिलको कार्यलयले समेत अहिले सम्म मुद्धा दर्ता गर्न नमानेको छ र प्रहरीले जस्तै महोत्तरीमै जान भनीरहेको समाजवादीका एक नेताले जानकारी दिए । तर उनीहरु अहिले सम्म सरकारी कार्यलय छाडेर हिडेका छैनन् ।
यस अघि महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन अस्वीकार गरे पछि यसको बिरोध हुदै आएको थियो ।
अहिले सरकारी वकिलको कार्यलयमा अपहरण अभियोग दर्ताका लागि कानुन व्यवशायीहरुको साथमा उपेन्द्र यादव, राजेन्द्र महतो , अशोक राई लगायतका नेता पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ