१६ बैशाख, रौतहट । प्रदेश नं २ को रौतहटस्थित बृन्दाबन र देवाही गोनाही नगरपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वृन्दावन नगरपालिका ९ भुषाहटोलका २५ वर्षीय युवक र देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।
जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेर्को यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
योसंगै संक्रमितकोसंख्या ५४ पुगेको छ।जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
यसैबीच रौतहटको दुई जनामा कोरोना संक्रमण भेटिए पछि एक जनालाई उपचारको लागि वीरगंज स्थित नारायणी अस्पतालमा ल्याएको समाचार प्राप्त भएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । देवाही गोनाही १ का ३५ वर्षका पुरुषलाई आज भर्खरै वीरगंज स्थित नारायणी अस्पतालमा उपचार्थ आईसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । हाल नारायणी अस्पताल वीरगंजमा ४ जना संक्रमितको उपचार भईरहेको डा. सिंहले बताए ।