काठमाडौं, १६ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको बिवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने नेताहरुले बताएका छन् ।
पछिल्लो अन्तरविरोध समाधानका लागि नेकपाका नेताहरूबीच मंगलबार सचिवालय बैठक बोलाएर छलफल गर्ने सहमति भएको नेता रघुजी पन्तले जानकारी दिनु भयो।
सोमवार कोटेश्वरमा भएको नेता माधवकुमार नेपाल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु चार घण्टा लामो छलफलपछि आज सचिवालय बैठक बस्ने अनौपचारीक सहमती भएको पन्तले बताउनु भयो।तर आफु अल्पमतमा परेका बेला बैठक बोलाउने पक्षमा ओली छैनन् । आज बैठक बस्ने माधव नेपाल र ओली पक्षका नेताहरुबीच अनौपचारीक सहमती भएकोले बैठक बस्छ नै भन्ने छैन, स्रोतले भन्यो ।
कोटेश्वर बैठक अघि बालुवाटारमा प्रधानमन्त्री ओली र नेपाल, खुमल्टारमा अध्यक्ष प्रचण्ड र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको बेग्लाबेग्लै छलफल भएको थियो। ओलीसँगको छलफलमा नेता नेपालले अहिले उठेका सबै विषय बैठकमार्फत हल गर्ने प्रयास नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । लगत्तै ओली समूह र नेपाल समूहका नेताहरूबीच संवाद चलिरहँदा अध्यक्ष प्रचण्डले पालैपालो खुमलटारमा खनाल र गौतमसँग छलफल गरेका थिए ।
प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपालले पार्टी एकतालाई मजबुत बनाउन तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको बताउनु भयो। दुई नेताबीचको दुई घन्टा लामोे छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टी्भित्र उत्पन्न समस्याबारे समेत समीक्षा भएको थियो ।
त्यस्तै, प्रचण्डसँगको भेटलगत्तै उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँग बैठकका विषयमा केन्द्रित रहेर टेलिफोन संवाद गरेका गर्नुभएको थियो।
यसैबीच वरिष्ठ नेता नेपालले आफूलाई नवौँ महाधिवेशनदेखि साथ दिएका नेता–कार्यकर्तालाई ओली समूहले केन्द्रदेखि जिल्लासम्म छानीछानी पाखा लगाउने, महत्वपूर्ण र प्रमुख जिम्मेवारीबाट वञ्चित गर्ने काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गरेपछिकोटेश्वर छलफलमाकुनै सहमती जुटेन । नेता नेपालको ओलीले प्रधानमन्त्रीया पार्टीअध्यक्ष मध्इेएक पद छाड्नुपर्ने अडान कायम राख्नुभएको थियो।
‘नवौँ महाधिवेशनमा मसँग रहनुभएका साथीरूलाई इगो साँध्ने, जिम्मेवारीमा वञ्चित गर्ने काम भो, अहिले पनि उहाँले जाल–झेल षड्यन्त्र गर्ने, एउटा नेताविरुद्ध अर्कोलाई लडाउने, जुधाउने, फुटाउने काम गर्नुभयो, सामूहिक निर्णय र संस्थागत पद्धतिलाई जहिल्यै इग्नोर गर्ने काम गर्नुभो, त्यसकारण उहाँ जिम्मेवारीबाट हट्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने ।
नेता नेपालले बैठकमा एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान कुनै हालतमा नछाड्ने बताउनु भएकोथियो।
ओली त्यसका सहमत छैनन् त्यसैले पनि आजसचिवालय बैठक बस्ने नबस्ने अन्यौल छ ।
स्थाई कमिटि बैठक टार्न कै लागि ओलीले नेतानेपाललाई मनाउने प्रयास गर्नुभएको थियो । यसअघि नै पुष्पकमल दाहाल र माधव नेपाल समूहका २० स्थायी कमिटि सदस्यले स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरिसकेका छन्। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ। तर ओली बैठक बोलाउने पक्षमा छैनन् किनकी उनी स्थायी समितिमा स्पष्ट अल्पमतमा छन्।
नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन्। ओली पक्षमा जम्मा १२ जना मात्रै छन्। ओली पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्। ओली निकट महासचिव विष्णु पौडेल पनि पछिल्लो समय मझधारको भूमिकामा देखिएका छन्। अध्यादेश ल्याउँदा प्रधानमन्त्री निकटकै परराष्ट्रमन्त्रीसमेत रहेका प्रदिप ज्ञवाली विपक्षमा देखिएका थिए।