बैशाख १६ काठमाण्डौं । विवादीत अध्यादेश र सांसद सुरेन्द्र यादव अपहरण गरिएको जस्ता प्रकरणबाट सरकार र पार्टी दुवैतिर दवावको महसुस गरीरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासगँ अर्थपूर्ण भेट गरेका छन् ।
स्रोतका अनुसार प्रधानन्यायधीश राणा क्वाटरको सहायक गेटबाट निस्केर सिधै प्रधानमन्त्री निवासमा पुगेका थिए । प्रधानमन्त्री र प्रधानन्यायधीशको निवास नजिकै पर्छ ।
उनीहरुबीच के के कुरा भयो सार्वजनिक भएको छैन । तर पछिल्लो अवस्थाका बारेमा , न्यालयमा लकडाउनकै अवधिमा पनि सबै खालका मुद्धा दर्ता गर्ने र सुनुवाई गर्ने भनिए पछि यो भेट भएको हो । त्यस पछि सोमबारै प्रधानमन्त्रीले आईजिपी ठाकुर ज्ञवालीसगँ समेत छलफल गरेको बताईएको छ ।
यस्तै चीनीया राजदुत यग होउछीसगँ पनि प्रधानमन्त्रीले भेट सोमबार नै गरेको बताईएको छ ।
पार्टी भित्र र बाहिर विपक्षीहरुबाट अप्ठ्यारोमा परेका प्रधानमन्त्रीले अब के निर्णय गर्ने र कसरी अघि बढ्ने भन्ने बिषयमा भेटघाट र छलफल बढाएको बताईन्छ ।