राष्ट्रपति भण्डारी र चीनीयाँ समकक्षीबीच फोनवार्ता, कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता

राष्ट्रपति भण्डारी र चीनीयाँ समकक्षीबीच फोनवार्ता, कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

वैशाख १५, काठमाडौँ ।चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरस.(कोभिड–१९) विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सोमवार साझ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोनमार्फत भएको कुराकानीका क्रममा चिनियाँ समकक्षी सीले कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गर्नुभएको थियो ।

त्यस्तै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाइँमा अन्तर्रा्ष्ट्रिय समुदायबीच एकजुटता र सहयोगको आवश्यकता रहेको पनि सीले बताउनु भयो । कोरोना संकटसँग जुध्न विश्वले बहुपक्षवादको रक्षा गर्दै अन्तर्रा्ष्ट्रिय न्याय र नैतिकतालाई बचाइराख्नु पर्ने आवश्यकता रहेको पनि चिनियाँ राष्ट्रपति सीले औंल्याउनुभएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनले चालेको कदमको प्रशंसा गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा चीनले गरेको सहयोगप्रति पनि प्रशंसा गर्नुभयो ।
जवाफमा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपालले चालेको कदम पनि प्रभावकारी भएको भन्दै प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साथै चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गर्दै सुस्वास्थ्यको कामना पनि गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ