आफू अल्पमतमा पर्ने देखे पछि नेपाल पक्षलाई फकाउन ओली सक्रिय , वालुवाटार, खुमलटार र कोटेश्वरमा नेताहरुको अलग–अलग छलफल

आफू अल्पमतमा पर्ने देखे पछि नेपाल पक्षलाई फकाउन ओली सक्रिय , वालुवाटार, खुमलटार र कोटेश्वरमा नेताहरुको अलग–अलग छलफल

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

१५ बैशाख, काठमाडौं । विवादास्पद राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सांसद डा.सुरेन्द्र यादवको अपहरण भनिएको काण्डपछि सत्तारुढ नेकपा भित्र ध्रुविकरण र विवाद तिब्र हुँदै गएको छ । यद्धपि उक्त दुवै विवादास्पद अध्यादेश भने फिर्ता भईसकेका छन् ।
तर पार्टी भित्रको अन्तरविरोध र विवाद साम्य हुनुको साटो झन् बढ्दै गएको छ । यो बिवादले पार्टी नेतृत्व र सरकारको नेतृत्व नै हेरफेर सम्मको माग र बहस चल्न थालेपछि शिर्ष नेताहरु यसको समाधानको प्रयासका लागि छुट्टाछुट्टै र समुहगत छलफलमा लागेका छन् । तत्कालिन समाजवादी पार्टी फुटाउने योजना स्वरुप दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपनि अन्ततः राजपा र समाजवादी पार्टी रातारात एकिकरण गरी नयाँ जनता समाजवादी पार्टी बनेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको योजना असफल भएको थियो । पार्टी भित्र र बाह्य चर्को आलोचना र बिरोधपछि अध्यादेश फिर्ता गर्न बाध्य भएका ओलीले अहिले आफ्नै पार्टीभि अल्पमतमा पर्ने देखिएपछि त्यसबाट जोगित अन्य नेता फकाउन थालेका छन् ।
यसैक्रममा अल्पमतबाट जोगिन अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई फकाउने अन्तिम प्रयास स्वरुप सोमवार वालुवाटार बोलाएर छलफल गरेका थिए ।
सो छलफलमा ओलीले नेपाललाई मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए । तर नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने जवाफ दिए । वालुाटारबाट फर्किएका नेता नेपाल अपराह्न पुनः छलफलमा जुटेका छन् । अहिले नेता नेपाल निवास कोटेश्वरमा ओली र नेपाल समूहको छलफल भइरहेको छ। ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र शंकर पोखरेलगायत कोटेश्वर निवास पुगेका छन्।
यसअघि आइतबार नेपाल नेपालकै निवासमा भएको छलफलले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्नुपर्ने निश्कर्ष निकालेपछि झस्किएका ओलीले सोमबार बिहानै नेपाल समूहलाई बालुवाटार बोलाएका हुन् भने अपराह्नको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र शंकर पोखरेललाई नेपाल निवास पठाएका छन् ।
उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा नेपाललाई नै आफ्नो क्याम्पमा ल्याएर आफूलाई बलियो र सुरक्षित बनाउने बालुवाटारको नयाँ रणनीतिअनुसार नेपालसँग सम्वाद बढाइएको एक नेताले बताए।
कोटेश्वरमा नेपाल र ओलीसमूहबीच छलफल चलिरहँदा खुमलटारमा पनि अर्का अध्यक्ष प्रचण्ड, झलनाथ र वामदेवबीच छलफल चलिरहेको छ। पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ।
खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ। ओलीको विकल्प खोज्न अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ। यसका लागि नेपाललाई उपयोग गर्ने रणनीतिअनुसार उनलाई फकाउने प्रयास भइरहेको छ। ओली कुनै पनि हालतमा हट्न तयार नहुने अवस्था र विरोधी पक्षको सक्रियताका कारण कुनै बेला नेकपाभित्र दुर्घटना हुनसक्ने चिन्ता पार्टी पंक्तिमा छाएको छ।
स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिका साथ अघि बढेका छन् ।
प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ। तर ओली बैठक बोलाउने पक्षमा छैनन् किनकी उनी स्थायी समितिमा स्पष्ट अल्पमतमा छन्।

नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन्। ओली पक्षमा जम्मा १२ जना मात्रै छन्। ओली पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्। ओली निकट महासचिव विष्णु पौडेल पनि पछिल्लो समय मझधारको भूमिकामा देखिएका छन्। अध्यादेश ल्याउँदा प्रधानमन्त्री निकटकै परराष्ट्रमन्त्रीसमेत रहेका प्रदिप ज्ञवाली विपक्षमा देखिएका थिए।
ओलीलाई कमजोर बनाएर आफ्नो समूह बलियो बनाउनका लागि प्रचण्डले कहिले वामदेव गौतम निवास भैंसेपाटीमा त कहिले नेता नेपाल निवास कोटेश्वरमा छलफल तीब्र पारेका थिए। केही दिन अघि वामदेव निवास भैंसेपाटीमा बहुमत सचिवालयसँग छलफल गरेर ओलीलाई अल्पमत पारेका प्रचण्डले आइतबार मात्रै नेपाल निवास कोटेश्वरमा छलफल गरेर ओलीलाई आफु बलियो भएको सन्देश दिएका थिए।
प्रचण्डले छलफल तीब्र पारेपछि ओली समूहले पनि पोखरेलको नेतृत्वमा छलफललाई तीब्र पारेको छ । केही दिनअघिदेखि नेपाल र वामदेव समूहसँग ओली समूहले निरन्तर छलफल गरिरहेका छ। सो छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने प्रचण्ड समूहतिर साथ दिइरहेका छन्। भैंसेपाटी छलफलबाट स्थायी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष प्रचण्ड समूहको थियो। आइतबार कोटेश्वर र खुमलटारमा भएको दुवै बैठकले ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिएको थियो।
ओलीलाई वरिष्ठ नेता नेपाललाई मनाउनु अहिले आफुलाई अल्पमतबाट जोगिनु एक मात्रै विकल्प जस्तै देखिएको छ । तर उनका लागि नेपाललाई मनाउनु फलामको चिउरा चपाउनु जस्तै छ । किनकी नेपाल पक्षले पार्टीमा एक व्यक्ति एक पद को सर्तमा शुरुदेखि नै राख्दै आएको र ओलीले त्यसलाई अस्वीकार गर्दै आएका थिए । नेपाललाई मनाउन ओली समूहले सहमति गरेमा ओलीले समेत कि प्रधानमन्त्री कि अध्यक्ष पद छाड्नुपर्ने अवस्था हुन्छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ काम मुख्यमन्त्री शंकर पाखरेललाई समेत नेपाल समूहको उक्त सर्त कार्यन्वयन भएमा झड्का लाग्नेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ