यात्रु बोकेर गाडी काठमाण्डौ छिर्न खोजे पछि रोक्यो प्रहरीले

यात्रु बोकेर गाडी काठमाण्डौ छिर्न खोजे पछि रोक्यो प्रहरीले

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं । काठमाडौं बाहिरबाट आएका सवारीसाधनबाट यात्रुहरु समेत प्रवेश गर्न खोजेपछी ती सवारी साधनलाई फिर्ता पठाईएको छ । तर यात्रुहरु भने नाकामै झरेर बसेका छन् ।
सोमबार बिहान ४ वटा बस नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा हरेक बसमा १० देख १२ जना यात्रु भेटिएकाले उनीहरुलाई बससहित नागढू्रंगाबाट प्रवेशमा रोक लगाईएको हो । ती यात्रुलाई जता बाट आएको उतै फर्काउने काम भईरहेको जनाईएको छ ।

काठमाडौं जिल्ला बाहिर जान चाहनेलाई सम्बन्धित गाउँपालिकाहरुको समन्वयमा बिभिन्न बसमा जिल्ला पठाउने गरिएकोमा सोही बस काठमाडौं भित्रिने क्रममा खाली आउनुपर्नेमा यात्रु बोकेर आएको पाईपछि फर्काईएको हो ।

लकडाउनको समयमा सीमानाकामा कडाई गरेको सरकारले काठमाडौंबाट बिभिन्न जिल्ला बाहिर जानमा रोक लगाएतापनि कुनै पनि सर्वसाधारणलाई काठमाडौं प्रवेश गर्न दिईएको छैन ।

अहिले ती यात्रुहरुको पानी परेकाले समेत बिचल्लि भएको छ । यात्रु बाहिर जान दिईदै आए पनि उपत्यका प्रवेश गर्न भने कसैलाई दिईएको छैन ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको टोलीले नागढुंगा नाकाको अनुगमन गरे पनि यात्रुहरुसगँ कुरा नगरेको भन्दै अलपत्र परेका सर्वसाधारणले गुनासो गरेका छन् ।
अहिले अलपत्र नागरिकहरुको ज्वरो परीक्षण लगायतका काम भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ