यात्रु ओसार पसार पूर्ण रुपले रोक्न सरकारको निर्देशन

यात्रु ओसार पसार पूर्ण रुपले रोक्न सरकारको निर्देशन

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

काठमाडौँ बैशाख १५ । सरकारले अलपत्र परेका यात्रु ओसारपसार गर्न आजबाट रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट गाँउ फर्किने यात्रुलाई स्थानीय तहहरुले उद्धार गर्दै लैजाने गरेकामा आजबाट उक्त कार्य नगर्न गृहमन्त्रालयले रोक्ने आदेश दिएको हो ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन सर्कुलर गरेको छ ।
पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गर्ने क्रम जारी राखेका थिए ।
यसै गरी जिल्ला प्रशासन कार्यलयहरुले जथाभावी पास वितरण गरेर भीड बढ्न थालेको भन्दै पासमा कडाई गर्न पनि निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ