काँग्रेस नेता डा.कोइराला भन्छन्,-‘अजबको सरकार गजबको कानुन’,कस्लाई बिश्वास गर्ने ?

काँग्रेस नेता डा.कोइराला भन्छन्,-‘अजबको सरकार गजबको कानुन’,कस्लाई बिश्वास गर्ने ?

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

१५ बैशाख, काठमाडौं । सांसद अपहरणको किनटानी जाहेरी प्रहरीले लिन नमानेपछि नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अहिले दोहोरो चरित्र देखाएको टिप्पडि गर्नुभएको छ ।
उहाँले पूर्व सचिवलाई थुनामा राख्ने तर संसद अपहरित भएको भन्दै जाहेरी दिन खोज्दा प्रहरी प्रशासनले मुद्दा दायर नगरेको घटना प्रति कटाक्षेप व्यक्त गर्नुभयो ।

डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दै अजबको सरकार गजबको कानुन भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

डा. कोइरालाले पूर्व प्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति स्वंय मूद्दा दर्ता गर्न जाँदा समेत लिन मान्दैन भने सर्वसाधारण जनताले कसलाई के विश्वास गर्ने भन्दै पश्न पनि गरेका छन् ।

डा.कोइरालाले लेख्नुभएको छ, ‘सरकारको बिरोध गरेको भन्दै साईबर अपराधको मुद्दामा एक जना पुर्व सचिव प्रहरी हिरासतमा छन। तर, अर्को तिर पूर्वप्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति आफै उपस्थित हुँदा पनी प्रहरी अपहरणको मुद्दा दर्ता गर्न मान्दैन।अजबको सरकार गजबको कानुन। अनी सर्वसाधारणले कस्लाई के बिश्वास गर्ने ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ