बुढाथोकीद्धारा उदाहरणीय मानवीयता प्रस्तुत, दैनीक हजारबढीलाई खुवाउछन् निःशुल्क खाना(भिडियोसहित)

बुढाथोकीद्धारा उदाहरणीय मानवीयता प्रस्तुत, दैनीक हजारबढीलाई खुवाउछन् निःशुल्क खाना(भिडियोसहित)

  • आइतवार, बैशाख १४, २०७७
  • सिर्जना तिम्सिना

  • 26.4K
    SHARES

काठमाडौं, १४ वैशाख । सडक छेउमा सानो त्रिपाल, त्यसमुनि एउटा टेबल, नारायणगोपाल चोकबाट सय मिटर अगाडिको चक्रपथ । बिहान दश बज्नै लाग्दा त्रिपाल वरिपरी टुक्रुक बसेका देखि उभिएका बालबालिका, बृद्ध, महिला देखि युवाहरुको समुह ।

सबैका आँखाहरु घरि टेवल त घरी दायाँपट्टीको निर्माणाधिन् भवन नियाल्दै गरेका देखिन्थ्ये । प्रष्ट अनुमान लगाउन सकिन्थ्यो कसैको प्रतिक्षा भईरहेको छ । दायाँ बायाँका सडक, अनी चक्रपथको मुख्य रोडबाट क्रमशः केहि पाइलाहरु अघि बढीरहेका थिए ।

केहि व्याक्ति त्यहि निर्माणधिन अरिकल इभेन्टस्को भवनबाट निस्किए । त्यो देख्नासाथ बसिरहेका सबै सतर्क भए । जब प्याकिङ गरिएका बक्साहरु टेवलमा राखियो । सबै लाईन लागे अनी फटाफट बक्सा समाउँदै पछि हटे । त्यो प्याकेटभित्र थियो तयारी खाना । कोरोनाको संत्रासकाबीच लकडाउनका कारण समस्यामा परेकाहरु सहजै यसरी खाना पाएकोमा हर्सित देखिन्थ्ये । कोहि त्यहि छेउछाउ बसेर खान थाले भने केहि बोकेर आफ्नो गन्तव्यतर्फ लागे ।

यो दृश्य हो आइतवार, काठमाडौं महानगरपालीका वडा नम्बर ३ स्थित बसुन्धराको । जहाँ बसुन्धरा निवासी समाजसेवी, व्यवसायी तथा तत्कालिन नेकपाका केन्द्रीय लेखा आयोग सदस्य होम बुढाथोकी एक्लैले लगातार ६ दिनदेखि विपन्न र अलपत्र परेका बटुवाहरुलाई खाना खुवाइरहेका छन् । खाना खुवाउन सुरु गरेको दिन तीन सय बढी व्यात्तिहरु आएपनि त्यसपछिका दिनमा दैनीक एक हजार देखि १४ सय जतिले खाना खाईरहेका छन् ।

सो क्षेत्रमा कार्यरत मजदुरहरुले खानै नपाएको गुनासो आएपछि बुढाथोकिले स्थानीय वडासँग अनुमती लिएरै गत सोमवारदेखि खाना खुवाउन थालेको बताउनु भयो ।

                                                         खाना पकाउदैँ । 
त्यहाँ खानै नपाएकाहरुलाई खबर गरेरै खानाका प्याकेट बाँड्ने गरिएको उहाँले सुनाउनु भयो । रामेछापका नेकपा नेता बुढाथोकी लामो समयदेखि काठमाडौंमा व्यवसाय गर्दै आउनुभएको छ । लकडाउनकै बीचमा आमाको निधन भएकाले काजकिरियापछि मात्र विपन्नहरुलाई खाना खुवाउने अवसर जुटेको बुढाथोकीले सुनाउनु भयो ।

                                                खाना प्याकिङ गर्दै ।
पाँचतारे होटलकै कुकले पकाएको खानेकुरा प्याकिङ गरेर श्रमिक र अलपत्र बटुवाहरुलाई खान दिइएको बुढाथोकीले बताउनुभयो । लकडाउन सुरु हुनुअगाडि अरिकल इभेन्टस्ले राखेका सेफले नै खाना बनाउने गरेका हुन् । लकडाउका कारण अरिकल इभेन्टस् सन्चालनमा ल्याउन नसकिएपनि त्यहाँका कर्मचारी अहिले दुःखीको सेवामा खटिएका छन् । खाना पकाउनेदेखि बाड्नेसम्म बुढाथोकीका पुरै परिवारले पनि सहयोग गर्दै आएका छन् ।
हरेक दिन कतिजनालाई खाना खुवाइयो भन्ने जानकारी वडा कार्यालय र प्रहरीले राख्ने गरेका छन् । प्रायः एकै टोलका श्रमिक तथा विपन्नहरु खान आउने गरेका छन् भने बाटो हिडिरहेका र भोकाएका बटुवाहरुलाई पनि खान दिइने गरेको बुढाथोकीको भनाइ छ । लकडाउन अवधिभर आफूले खाना खुवाउने उहाँले बताउनु भयो ।


एक्लैको लगानीमा खाना खुवाईरहेका बुढाथोलीलाई आइतवारदेखि अन्य सहयोगीहातहरुले पनि सहयोग गर्न थालेको छन् । उहाँले भन्नुभयो, ‘आइतवार दुई बोरा चामल सहयोग आयो ।’
मिर्मिरेको टिम पुग्दा सोहि स्थानमा भेटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वडाध्यक्ष दिपक केसीले पनि बसुन्धरासँगै वडाभरी तीन स्थानमा खाना खुवाउने कार्य सुरु गरिएको जानकारी दिनुभयो । साथै अस्पताललाई केन्द्रीत गरेर पनि खाना खुवाउन थालिएको उहाँले बताउनु भयो ।

     कामपा वडा.नं ३ का वडाध्यक्ष दिपक केसी र हाेम बुढाथाेकीसँग कुरागर्दै ।

केसीले थप्नुभयो, ‘उहाँहरुले वडा कार्यालयसँग समन्वय गरेरै विपन्न र ज्यालादारीहरुलाई खाने व्यवस्था गर्नुभएको छ । एकजनाले पाँच प्याकेटसम्म भात खाए । पकाएरै खाना खुवाउने कुराले त्यस टोलका वास्तविक विपन्नहरुले राहत पाउने रहेछन्, हामीलाई पनि उहाँहरुको सेवाले सिकाएको छ ।’
वडाले हाल दोस्रो चरणको राहत वितरण गरिरहेको र वडाभित्र झण्डै २२ सय विपन्न तथा ज्यालादारी मजदुर रहेको जानकारी दिदैँ वडाध्यक्ष केसीले घरघर मै पुगेर राहत वितरण गरिएको जानकारी दिनुभयो ।


वडाभित्र तीन स्थानमा दैनीक एकपटक खाना खुवाउने गरेको जानकारी दिदैँ उहाँले भन्नुभयो, ‘हामी वितरण गरेको खाध्यान्हले सात दिन पुग्थ्यो भने यसरी खाना खुवाउन थालेपछि १५ दिन पुग्ने रहेछ । सर्वसाधारण नागरिकलाई धेरै राहत मिलेको छ र वडालाई पनि सहज भएको छ ।’

सुरुवातमा वडाले राहत वितरण गर्दा केही समस्या आएको भएपनि उहाँले अहिलेको संकटपूर्ण अवस्थामा मतदाता नभएर मानवता हेरिएको र मानवता कै आधारमा विपन्न, ज्यालादारी मजदुर र समस्यामा परेका पिडितलाई मात्रै सहयोग गर्ने अठोट समेत गर्नुभयो । केहि स्थानमा अप्ठ्यारो भएपछि घरबेटीका हातबाट कोठावाललाई कुपन दिन लगाएर राहत उपलब्ध गराएको अनुभव समेत उहाँले सुनाउनु भयो ।

https://www.facebook.com/sirjanatimsina/videos/516852929202145/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ