लकडाउन १० दिन थपियो, वैशाख २५ गतेसम्म घरबाहिर जान नपाईनेः अन्तर्राष्ट्रिय सीमानाका पनि वैशाख ३१ सम्म बन्द

लकडाउन १० दिन थपियो, वैशाख २५ गतेसम्म घरबाहिर जान नपाईनेः अन्तर्राष्ट्रिय सीमानाका पनि वैशाख ३१ सम्म बन्द

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

वैशाख १४, काठमाडौँ ।लकडाउन १० दिन थपिएकाे छ । सरकारले लकडाउनकाे समय १० दिन थप्ने निर्णय गरेको हाे।

आइतबारको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्‍चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।

मुलुकभर कोरोनाको संक्रमण जोखिम न्यूनिकरण गर्न चालेको लकडाउनको अवधि आगामी वैशाख २५ गते बिहीबार मध्यरातिसम्मका लागि बढाइएको मन्त्री खतिवडाले बताउनु भयाे । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

यस्तै बैठकले बाह्य जगतबाट कोरोना संक्रमण नहोस् भन्‍नका लागि अन्तर्राष्ट्रिय सीमानाकाहरुमा आवागमन स्थगन गर्ने निर्णयलाई वैशाख ३१ गते बुधबार मध्यरातिसम्म बढाउने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयाे ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम देखिएपछि पहिलाेटक सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । पछिल्लोपटक सरकारले वैशाख ३ गते १२ दिनको लकडाउन थपेको थियो । सरकारले यसअघि नै जेठ २ गतेसम्मलाई हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले सरकारलाई एक हप्ता लकडाउन थप गर्न सिफारिस गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ