पर्सामा एकैदिन ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज हुनेको संख्या १६ पुग्यो

पर्सामा एकैदिन ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज हुनेको संख्या १६ पुग्यो

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

वैशाख १४, काठमाडौँ । नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये १६ जना निको भएर घर फर्किएका छन् । आइतबार थप ४ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १६ पुगेको हो।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक १२ औँ दिनमा र भारतीय धर्म प्रचारक जमाती समूहका ३ जना पुरुष१५ औँ दिनमा निको भएर घर फर्किएको बताए।
यस्तै,आइतबार थप २ जना नयाँ संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या मुलुकभर ५१ पुगेको छ ।
संक्रमतिमध्ये धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना उपचाररत रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ४१ हजार ४ सय ३६ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ९ सय ३१ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ५१ हजार ३ सय ६७ वटा परीक्षणहरु भएका छन् ।
हाल मुलुकभर आइसोलेसनमा ११० जना रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँमा ६ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १०४ जना रहेका छन्। क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको मन्त्रालयले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ