प्रधानमन्त्रीले कमिटिलाई वाईपास गरेर हैन, सामना गरेर जानु पर्छः गौतम(विज्ञप्तिसहित)

प्रधानमन्त्रीले कमिटिलाई वाईपास गरेर हैन, सामना गरेर जानु पर्छः गौतम(विज्ञप्तिसहित)

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

बैशाख १४ काठमाण्डौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीलाई आफूले पार्टी कमिटिलाई बाईपास गरेर हैन,प्रत्यक्ष छलफल गरेर सबै किसिमका बिचारहरुको सामना गरेर जानु पर्ने आफूले सुझाव दिएको बताएका छन् ।
गौतमले हिजो भएको भेटमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग गरेको भनेर समाचार सार्वजनिक भए पछि आज विज्ञप्ति जारी गर्दै यो छलफलका बिषयमा मनमौजी टिप्पणी भएको दावी गरे ।
सचिवालय, स्थायी समिति र आवस्यक परे केन्द्रीय समितिको बैठक बोलाउन आफूले सुझाव दिएको वक्तव्यमा गौतमले उल्लेख गरेका छन् ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नु भयो, थोरै बोल्नु भयो । म बिदा भएर आँए । भएको यत्ति हो । गौतमले हातले लेखेर सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रधानमन्त्रीले पार्टीमा सल्लाह नै नगरी दल विभाजन सम्बन्धि अध्यादेश ल्याए पछि चर्को विवाद भएको थियो । विवाद पछि अध्यादेश फिर्ता भए पछि अझै पार्टीमा समस्या रहेको गौतमले जिकिर गरेका छन् ।
अध्यादेश , गौतम स्वयलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय लागू नगरे पछि ओलीप्रति गौतम निकै चिढिएको बताईएको थियो ।
पार्टी कमिटिको बैठक राख्न २० स्थायी समितिले लिखित माग गरेका छन् भने प्रचण्ड, झलनाथ खनाल गौतम लगायतकाले माग गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ