वन र वन्यजन्तु संरक्षणका लागि बिरेन्द्र सामुदायिक वनमा अग्नी नियन्त्रण रेखा निर्माण !

वन र वन्यजन्तु संरक्षणका लागि बिरेन्द्र सामुदायिक वनमा अग्नी नियन्त्रण रेखा निर्माण !

  • आइतवार, बैशाख १४, २०७७
  • डम्मर राज भट्ट

  • 8.1K
    SHARES

कञ्चनपुर, बैशाख,१४ अहिले सुख्खायामको मौसममा वन, जंगलमा पात झरेर खुकेका हुन्छन् । यो प्राकृतिक नियम हो, यता कोरोनाका कारण वन, वन्यजन्तुको संरक्षणमा समेत उत्तिकै चुनौती थपिदिएको छ । वनमा तस्करले काठदेखि वन्यजन्तुको शिकार नरोकिएपछि सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् । तर, कञ्चनपुरको एक सामुदायिक वनले डडेलोबाट वन संरक्षण र वन्यजन्तु जोगाउनका लागि अग्नी नियन्त्रण रेखा निर्माण गरेको छ ।

कृष्णपुर नगरपालिका ८ रैकवारविचुवाको बिरेन्द्र सामुदायिक वन उपभोक्ता समुहले वन र वन्यजन्तु संरक्षणका लागि अग्नी रेखा निर्माण गरेको हो । लकडाउनको बेला समाजिक दुरी कायम गरेर वनका पदाधिकारी र उपभोक्ताले अग्नी रेखा नियन्त्रण गरेको बिरेन्द्र सामुदायिक वनका कार्यालय सचिव करन दयालले बताए । उनका अनुसार सामुदायिक वन क्षेत्रमा तीन किलोमिटर अग्नी रेखा निर्माण गरिएको छ ।

बिरेन्द्र सामुदायिक वनका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले गर्मीयामको समयमा जंगलमा पात झरेर पुरै सुखेका हुन्छन् । कतै बटुवा कुनै संरक्षण बिरोधी समुह वा जानी नजानी वनमा आगो लगाउने प्रवृति हुँदा त्यसबाट साना पोर्था र वन्यजन्तुको चरिचरन बन्द हुने भएकाले अग्नी रेखा निर्माण गरिएको बताए । ‘हामीले कार्य योजना अनुरुपै यस बर्षपनि अग्नी रेखा निर्माण गरेका छौँ, ‘अध्यक्ष अवस्थीले भने, ‘कोरोना कारण लकडाउन भएपछि केही ढिलाई भयो ।’

लकडाउनका बेला वन संरक्षणका लागि वन हेरालु मार्फत नियमित गस्ती गरिरहेको अध्यक्ष अवस्थीले बताए । ‘वनको कुनै एक ठाँउमा आगलागी हुँदा अग्नी नियन्त्रण रेखा निर्माण भए अर्को ठाँउमा सल्किने पाउँदैन, ‘अध्यक्ष अवस्थीले भने, ‘त्यसैले हामीले हरेक वर्ष सुख्खायाममा अग्नी रेखा निर्माण गछौँ ।’

डिभिजन वन कार्यालय कञ्चनपुरले जिल्लाभरीका सामुदायिक वन लगायतका वनमा अग्नी रेखा नियन्त्रणका साथै वनमा उच्च निगरानी गर्न निर्देशन जारी गरेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयबिक्रम मानन्धरले समान्यतया चैतमै अग्नी रेखा निर्माण गर्नुपर्ने भएपनि लकडाउनका लागि समान्य केही ढिलाई भएपनि सामुदायिक वनले निर्माण गरिरहेको बताए ।

‘अग्नी रेखा नियन्त्रण गर्दा समान्य तया सतहीमा लागेको आगोबाट फैलिन पाउँदैन, ‘उनले भने, ‘वनमा डडेलो नियन्त्रण हुन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ