मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने

मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, १४ वैशाख । लकडाउनको समय थप गर्ने या नगर्ने भन्नेवारे निर्णय गर्न आज मन्त्रीपरिषद बैठक बस्दै छ ।

लकडाउनकोसमय सकिन एक दिन बार्कीँ छदा आज बस्ने मन्त्रीपरिषद्को बैठकले लकडाउन थप गर्ने या नगर्ने भन्नेबारे निर्णय गर्दैछ ।
चैत ११ बाट सुरु भएको लकडाउन तेस्रोपटक थपिएको थियो। भोली बैशाख १५ गते लकडाउनको सकिन अवधि सकिदैँ छ ।

सरकारलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव दिएको छ ।

शनिबारको समितिको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई लकडाउनको विषयमा सुझाव दिन निर्देशन दिएकोमा कार्यदलले अझै एक साता थप गर्न सिफारिस गरेको थियो ।

विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिहरुसमेत सहभागी कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ ‘मोडेल’मा जानुपर्ने निष्कर्षसहितको सुझाव दिएको थियो ।

उच्चस्तरीय समितिले कार्यदलको सुझावअनुसारकै सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको बुझिएको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिने छ ।

समितिले आन्तरिक र बाह्य हवाई उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको छ । यसअघि वैशाख १८ गतेसम्म उडान बन्द गर्ने निर्णय भएकोमा त्यसलाई १५ दिन बढाइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ