कोरोना अपडेटः आज संक्रमित थपिएन, एक जना निको भएर फर्किए, संक्रमितको अवस्था सामान्य

कोरोना अपडेटः आज संक्रमित थपिएन, एक जना निको भएर फर्किए, संक्रमितको अवस्था सामान्य

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, वैशाख १३ । नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या आज बढेको छैन । उपचार भईरहेका मध्य आज एक जना निको भएर फर्किएका छन् । यो सगै निको हुनेको संख्या १२ पुगेको छ । बीरगन्जमा उपचार गराईरहेका ४ जना समेत आउने सोमबार सम्म डिस्चार्ज हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’बाट नौ हजार ६६६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

यस्तै, हाल प्रदेशहरुमा २५ हजार ४४६ जनाको आरडीटी परीक्षण गरिएको भन्दै डा। देवकोटाले प्रदेश नम्बर–५ मा सबैभन्दा बढी सात हजार ९५६ जना ‘क्वारेन्टाइन’मा रहेको र सबैभन्दा कम वाग्मती प्रदेशमा रहेको जानकारी दिए ।

यस्तै, भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको संख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको उनले जानकारी दिए ।

गर्मीयाम सुरु भएसँगै औलोको खतरा पनि बढेको भन्दै डा. देवकोटाले क्वारेन्टाइनमा रहेकाहरुमा पनि औलो देखिएको बताए ।

उदयपुर :७३ जनाको रिपोर्ट नेगेटिभ, पाँचको बाँकी
कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमूना स्वाब सङ्कलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी पाँचको आउन बाँकी छ ।

स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि मात्र प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विभागबाट प्रदेशका सामाजिक विकासमन्त्री जीवकुमार घिमिरेको प्रत्यक्ष उपस्थितिमा उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइमा ५८ जना र त्रियुगा नगरपालिकाको मोतीगडमा २० जना व्यक्तिको नमूना स्वाब सङ्कलन गरेर परीक्षणका लागि विराटनगर लगिएको थियो ।

आज बिहानसम्मको रिपोर्टअनुसार दुवै क्षेत्रका ७८ व्यक्तिमध्ये ७३ को रिपोर्ट नेगेटिभ आएको र बाँकी पाँच जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो । बाँकी पाँच जनाको पनि रिपोर्ट नेगेटिभ नै आउन सक्ने अवस्था रहेका कारण अब उदयपुरको सिवाइ र मोतीगडा खतरायुक्त स्थानमा राखिएको भए पनि सो दुई स्थानको अवस्था सामान्यतिर गएको प्रमुख सुवेदीले बताउनुभयो ।

भुल्केसहित जिल्लामा आठ स्थान कोरोनाको खतरायुक्त स्थानका रुपमा राखिएकामा अब सिवाइ र मोतीगडा क्षेत्रमा खतरा अवस्था नरहेको रिपोर्टले देखाएको पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । अब जिल्लाको त्रियुगाको मोथ्याइ, खैजनपुर, जोगिदह देउरी र जलजलेसहितका स्थान खतरायुक्त सूचीमा राखिएका कारण सो स्थानमा स्वाब नमूना सङ्कलन गर्ने तयारी गरिएको पनि स्वास्थ्य कार्यलयले बताएको छ ।

भुल्केमा मात्र २८ जनामा कोरोना सङ्क्रमणको अवस्था भेटिएपछि भुल्केका स्थानीयसँगै आवतजावत गर्ने स्थान मोतीगडा, सिवाइ, मोथ्याइ, जोगीदह, देउरी र जलजले क्षेत्रलाई स्वास्थ्य कार्यालयले खतरायुक्त स्थानको सूचीमा राखेको जनाएको छ । अहिले पनि भुल्केसहित जिल्लाका यी स्थानमा दैनिक प्रहरी तथा सुरक्षाकर्मीले रेखदेख गर्ने र निगरानीमा राखेर स्थानीयवासीलाई अन्यत्र हिँडडुल गर्न नदिएको तथा अन्यत्रबाट पनि यी स्थानमा प्रवेशमा रोक लगाइएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ