अपडेटःवीरगंजमा उपचाररत कोरोना संक्रमति ४ जनाको रिपोर्ट नेगेटिभ, सोमवार सम्म डिस्चार्ज गर्ने सम्भावना :  डा. सिंह

अपडेटःवीरगंजमा उपचाररत कोरोना संक्रमति ४ जनाको रिपोर्ट नेगेटिभ, सोमवार सम्म डिस्चार्ज गर्ने सम्भावना :  डा. सिंह

  • शनिबार, बैशाख १३, २०७७
  • दिपक चौरसिया

  • 13.8K
    SHARES

पर्सा १३ वैशाख । वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।
छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको गत बुधबार र शुक्रबार आएको दुबै रिपोर्ट नेगेटिभ आएको कोरोना उपचारमा संलग्न डा। उदय नारायण डा। सिंहले बताए । तेस्रो रिपोर्ट परिक्षणको लागि पठाइएकोमा रिपोर्ट नेगेटिभ नै आएको तर आधिकारित पत्र अस्पताललाई उपलब्ध नभएको डा। सिंहले बताए ।

तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

चारैजनाको पछिल्लो रिर्पोट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको अस्पतालले जनाएको छ । यो रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।
नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन् । चार जनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एकजनालाई भने छुट्टै राखेर उपचार गरिएको छ ।

अस्पतालका डा. सिंहले डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा रहेको र सम्भवत आईतवार वा सोमवार उनिहरुलाई डिस्चार्ज गरिने बताए । ‘संक्रमितको अवस्था सामान्य छ, तेस्रो पटक गरिएको पीसीआर परीक्षणमा सबैको नजिता नेगेटिभ आएको छ,’ उनले भने, ‘ शुक्रबार पठाएको थ्रोट स्वाब नमूनाको रिपोर्टको आधारमा डिस्चार्ज गर्ने वा नगर्ने निर्णयमा पुग्छौं’ डा। सिंहले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ