राहत हुनेखाने र नेताको आसोपासेले मात्र पाए, तत्काल सबै मजदुर सुकुम्बासीलाई देउः पुन

राहत हुनेखाने र नेताको आसोपासेले मात्र पाए, तत्काल सबै मजदुर सुकुम्बासीलाई देउः पुन

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले कोरोना महामारीका कारण गरिएको लकडाउनमा सबै भन्दा बढी सुकुम्बासी, श्रमिक मजदुरले आवस्यक राहत पाउन नसकेको भन्दै तत्काल उपलव्ध गराउन माग गरेको छ ।
संघका अध्यक्ष ओम पुनले आज एक विज्ञप्ति जारी गरी सरकारले ८० करोड राहत वितरण गरेको बताए पनि वास्तविक पीडितहरुले आवस्यक राहत पाउन नसकेको भन्दै अविलम्ब दिन माग गरेका छन् । साथै राहत पाएकाहरुले समेत गुणस्तरहीन सामाग्री पाएको भन्दै पुनले चितवनको बाँदर झुल्ला सुकुम्बासी बस्ती, कैलाली , कञ्चनपुर , बाँके, बर्दिया , दाङ, सर्लाही , झापा, सुनसरी , रुपन्देही , काठमाडौं लगाएतका जिल्लाहरूमा सुकुम्बासीले राहत नपाएको तर हुनेखाने , पार्टीमा पहुँच भएका र संसदवादी नेताका आसेपासेले पाएको तथ्यहरु सार्वजनिक भएको बताए ।
साथै महामारी विरुद्ध एकतावद्ध भएर जानु पर्ने समयमा मन्त्रीहरु भ्रष्टाचारमा लिप्त हुनु, सांसद अपहरण जस्तो गंभीर कृयाकलापमा लाग्नु,अध्यादेश जारी गर्नु जस्ता क्रियाकलाप गरेको भन्दै पुनले आपत्ति जनाए ।
राहत वितरण खास लक्षित बर्गमा गरियोस, राहत वितरणमा नातावाद , कृपावाद र भोटको राजनीति नगरियोस् , सरकार इतरका पार्टी र संघ संगठनले वितरण गर्ने राहतको कार्यक्रम नरोक्कियोस, चुनावको बेला सुकुम्बासीलाई जग्गा दिन्छौं भनेर भोट माग्ने तर अहिले संकटको बेला भोकै मार्ने काम नगरियोस् , लकडाउनलाई समय र ठाउँ सापेक्ष व्यवस्थित गरियोस् पुनद्धारा जरी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ