झापाका ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टिः संक्रमितको संख्या ४९ पुग्यो

झापाका ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टिः संक्रमितको संख्या ४९ पुग्यो

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

१२ बैशाख, काठमाडौं ।
झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड(१९) पुष्टि भएको छ। शुक्रबार धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
जसमध्ये १० जना निको भएका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
अहिलेसम्म आरडीटी विधिबाट ३८ हजार ८९ र पीसीआर विधिबाट ९ हजार ४०७ गरी जम्मा ४७ हजार चार सय ९६ जनाको नमुना परीक्षण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ९१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। अहिले क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् भने उपत्यकामा ३ र बाहिर ८६ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।
बिहीबार धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको रिपोर्ट पोजिटिभ देखिएका भोजपुरका २६ वर्षीय पुरुष फागुन ३० मा साउदीबाट आएको खुलेको छ । हिमालयन एयरलाइन्समा फर्किएका उनी अहिले हतुवागढीमा चिकित्सकको निगरानीमा रहेको र विराटनगर ल्याउने तयारी भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ