संक्रमित किशोरको दुई पटक स्वाब परिक्षणमा पनि नेगेटिभ देखिएपछि जनकपुरमा पीसीआर परीक्षण स्थगित

संक्रमित किशोरको दुई पटक स्वाब परिक्षणमा पनि नेगेटिभ देखिएपछि जनकपुरमा पीसीआर परीक्षण स्थगित

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जनकपुरधाम, १२ वैशाख । प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको छ । जनकपुरका १४ बर्षे किशोरमा जनकपुरमा दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाए पनि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोजिटिभ रिपोर्ट आएपछि परीक्षण बन्द गरिएको हो।
गत बिहीबार सर्लाहीको धनकौल गाउँपालिकाका एक १४ वर्षीय किशोरको जनकपुरमा दुई पटक स्वाब परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। तर, काठमाडौंको प्रयोगशालामा पोजिटिभ नतिजा आएपछि पीसिआर मेसिनको विश्वसनियता माथि प्रश्न उठाउँदै चेकजाच बन्द गरिएको प्रयोगशाला निमित्त निर्देशक रामविनय साहले जानकारी दिनुभयो ।
प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार फरक नतिजा आएपछि ति सबै नमुना शंकाको घेरामा परेका छन्।
‘जनकपुर र काठमाडौंमा फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारक हो, कम गुणस्तरको मेसिन जडान हुँदा भरपर्दो नतिजा आउन सकेन’, निर्देशक साहले भन्नुभयो, ‘अब हामीले परीक्षण गरेको सयभन्दा बढी नतिजामाथि समेत प्रश्न उठेको छ।’
साहले सर्लाही किशोरको घटनामा दुई पटक स्वाब परीक्षण गर्दा पनि नेगेटिभ रिपोर्ट आउनु र टेकुको परिक्षणमा पोजिटिभ देखाएकाले सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ नरहेको बताए ।
निमित्त निर्देशक साहले यसअघि १५ स्थानमा जडान गरिएको एकै प्रकारको उपकरण मेसिन हटाएर बढी क्षमता भएको पीसीआर जडान भएपनि प्रादेशिक अस्पतालमा पुरानैको भरमा काम चलाउनु सरकारको कमजोरी भएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ