काठमाण्डौ बैशाख १२ । सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फिर्ता गर्ने निर्णय निर्णय बाुलवाटारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले गरेको स्रोतले जनाएको छ ।
अध्यादेशको पार्टी भित्र र बाहिर बिपक्षीबाट करडा विरोध हुदै आएका बेला फिर्ता भएको हो । राष्ट्रपतिले सरकारको निर्णयलाई लाल मोहर लगाए पछि अध्यादेश स्वतः खारेज हुने छ ।
समाजवादी पार्टी विभाजन गरेर नेकपामा गाभ्ने योजना अनुरुप पार्टीमा समेत सल्लाह नगरी अध्यादेश अप्त्यासति रुपमा ल्याए पछि प्रधानमन्त्री पाटी भित्र र बाहिर ओलचना र विवादको शिकार भएका थिए । सो दवाव पछि र पार्टी विभाजन गर्ने योजना समेत सफल हुन नसके पछि अध्यादेश फिर्ता भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline