सर्बोच्चको आदेशमा छुटे नेकपा केन्द्रीय सदस्य बाठा सहित चार नेता

सर्बोच्चको आदेशमा छुटे नेकपा केन्द्रीय सदस्य बाठा सहित चार नेता

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

बैशाख १२ दागं । सर्बोच्च अदालतको आदेश पछि लामो समयदेखि जेल तथा हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशव बहादुर बाँठा मगर ‘सुवास’सहित ४ जना रिहा भएका छन् ।

बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको सुनुवाईपछि नेकपा केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज सुवास, पार्टीकै राप्ती ब्युरो सदस्य तथा तत्कालीन सल्यान जिल्ला इन्चार्ज विश्व, रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ र पोष्टमान घर्तीमगर सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

न्यायधिसद्वय दिपक कुमार कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले नेता केश बहादुर बाँठा मगरसहित विश्व, सन्तोष सुबेदी ‘प्रयास’ र पोष्टमान घर्ती मगरलाई रिहा गर्न आदेश जारी गरेको थियो ।

गत असोज ३० मा नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका– ४ को मुंग्रेठाबाट राप्ती ब्युरो बैठकस्थलबाट बीरजंग सहित २१ जना गिराफ्तार भएका बेला उनीहरु पक्राउ परेका थिए ।
यसअघि गतवर्षको पुस ७ गते जिल्ला अदालत दाङले धरौटिमा रिहा गर्न आदेश दिएपनि धरौटी नबुझाएको भन्दै कारागार चलान भएका ३ जना यहि वैशाख १ गते धरौटि बुझाएर रिहा हुन खोज्दा प्रहरीले पुनः पक्राउ गरी नेपालगन्ज लगेको थियो ।
न्यायधिसद्धय कार्की र खतिवडाको संयुक्त इजलासले फरक विचार र आस्था राखेकै कारण उहाँहरुलाई पक्राउ गरिएको देखिएकाले रिहा गर्न आदेश दिएपछि नेपालगन्जबाट ४ जना रिहा हुनुभएको हो ।

उहाँहरुसँगै २१ जनामध्ये गिरफ्तार पर्नु भएका नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ बाहेक अरु सबै रिहा भईसकेका छन् । बीरजंग अझै कारागारमै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ